Premier Cables
Premier Steel

कोशी प्रदेश

रातभर बाढीमा फसेका चार जनाको बिहान सकुशल उद्धार

नोट: यो समाचार ६ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, भाद्र ११, २०८२  | राती ८:१५ बजे
Hamro Biratnagar Headlines

पाँचथर । पाँचथर जिल्लाको याङवरक गाउँपालिका–२ मा पर्ने ईवा खोलामा आएको आकस्मिक बाढीका कारण खोलाको बीच भागमा फसेका चार जनालाई प्रहरीले सकुशल उद्धार गरेको छ।

भदौ १० गते साँझ फिदिम नगरपालिका–४ का १९ वर्षीय प्रतिक तामाङ, २३ वर्षीय झल्ला सम्बाहाम्फे, २८ वर्षीय शेरबहादुर मगर र ताप्लेजुङको सिदिङवा गाउँपालिका–का २२ वर्षीय सन्तोष पन्धाक पाहा मार्न गएका बेला अचानक आएको बाढीले उनीहरूलाई खोलाको बीचमा रहेको बगरमा थुनिएको थियो।

बिज्ञापन

घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी फलैचा, इलाका प्रहरी कार्यालय च्याङथापु र अमरपुरबाट खटिएको प्रहरी टोली उद्धारका लागि खटिएको थियो। तर, निरन्तर पानी परिरहेकाले र खोलामा भेल बढ्दै गएकाले राति नै उद्धार सम्भव नभएको प्रहरीले जनाएको छ।

रातको समयलाई सुरक्षित बनाउँदै प्रहरी टोलीले उनीहरूलाई ढुंगामा पोको पारेर चाउचाउ र लाइटर झिकाएर खाद्यान्न तथा आगो बाल्ने सामग्री उपलब्ध गराएको थियो।

ठूलो ढुंगाको ओतमा रातभर आगो ताप्दै बसेका उनीहरूलाई भदौ ११ गते बिहान स्थानीयवासीहरूको सहयोगमा बाँसको अस्थायी पुल निर्माण गरी सकुशल उद्धार गरिएको हो।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka