Premier Cables
Premier Steel

शिक्षा

सुकुना क्याम्पस स्ववियुमा आन्तरिक विवाद, अध्यक्षविरुद्ध तालाबन्दी

नोट: यो समाचार ५ महिना अघिको हो

Calendar आइतबार, भाद्र ०८, २०८२  | राती ९:३६ बजे

विराटनगर । मोरङस्थित सुकुना बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) भित्र आन्तरिक विवाद चर्किएको छ।

स्ववियु सभापति एलिस ओझामाथि समितिलाई जानकारी नदिई एकलौटी निर्णय गर्दै आर्थिक दुरुपयोग गरेको आरोप लगाउँदै सचिव रोशन क्षेत्री, कोषाध्यक्ष सरिना थापा, सह–सचिव होमबहादुर पौडेललगायत बहुमत सदस्यहरूले आइतबार कार्यालयमा तालाबन्दी गरेका छन्।

उनीहरूले जारी गरेको संयुक्त विज्ञप्तिमा सभापतिले अनेरास्ववियुको २४औँ महाधिवेशनका लागि भन्दै २० हजार रुपैयाँ समितिको आधिकारिक निर्णयबिनै निकालेको र नक्कली लेटरप्याड प्रयोग गरी ५ लाखसम्म दुरुपयोग गरेको दाबी गरिएको छ।

“विद्यार्थीको हकहितका लागि जम्मा गरिएको कोषलाई व्यक्तिगत स्वार्थमा खर्च गरिएको छ,” विज्ञप्तिमा भनिएको छ। बहुमत सदस्यहरूले पाँच बुँदे माग अघि सार्दै २४ घण्टाभित्र छानबिन प्रक्रिया सुरु गर्न क्याम्पस प्रशासन र अध्यक्षलाई अल्टिमेटम दिएका छन्।

उनीहरूले सभापतिलाई सम्पूर्ण आर्थिक विवरण तत्काल सार्वजनिक गर्न, एकलौटी निर्णयको स्पष्टीकरण दिन र भविष्यमा यस्ता गतिविधि नदोहोर्याउन चेतावनी दिएका छन्। यस्तै, क्याम्पस प्रशासनलाई पनि रकम निकासाको आधार स्पष्ट पार्दै २४ घण्टाभित्र लिखित जवाफ दिन माग गरिएको छ।

समयसीमा भित्र माग पूरा नभए चरणबद्ध आन्दोलनमा उत्रिने चेतावनी बहुमत सदस्यहरूले दिएका छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
पिन गरिएको समाचार
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka