Premier Cables
Premier Steel

साहित्य

मोती जयन्तीमा विराटनगरमा विशेष साहित्यिक कार्यक्रम

नोट: यो समाचार ७ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, भाद्र ०८, २०८२  | अपराह्न १२:५६ बजे
Hamro Biratnagar Headlines

विराटनगर । युवाकवि मोतीराम भट्टको जन्मजयन्तीको अवसरमा छन्द वाटिका नेपाल, विराटनगरले शनिबार एक विशेष साहित्यिक कार्यक्रमको आयोजना गरेको छ ।

‘मोती जयन्ती विशेष’ नाम दिइएको उक्त कार्यक्रममा भट्टको साहित्यिक कृतित्व, व्यक्तित्व र नेपाली साहित्यमा पु¥याएको योगदानको स्मरण तथा सम्मान गरिएको छ ।

कार्यक्रममा प्राज्ञ खेम नेपाली, प्रा. कविराज न्यौपाने र केशु विरहीलगायतले भट्टको जीवनवृत्त र साहित्यिक योगदानबारे चर्चा गरेका थिए । वक्ताहरूले मोतीराम भट्टले नेपाली साहित्यमा पु¥याएको योगदान अमूल्य रहेको उल्लेख गर्दै नयाँ पुस्ताका स्रष्टाहरूले त्यसबाट प्रेरणा लिनुपर्ने धारणा राखेका थिए ।

परिचर्चा सत्रपछि आयोजित रचना वाचन कार्यक्रममा तीन दर्जनभन्दा बढी साहित्यकारले भट्टलाई समर्पित कविता, गजल र मुक्तक वाचन गरेका थिए । रचना वाचन गर्ने स्रष्टामध्ये ऋषि तिवारी, उमानाथ भट्टराई, गोपाल निर्भीक, लक्ष्मी घिमिरे, शुभलक्ष्मी लम्साल, चूडामणि अकिञ्चन, डोमी कामत, नवराज नवशीला, राधा भट्टराई, पुण्य चौलागाईं, किरण अन्जान, जीवन काश्यप, बाबुराम पोखरेल, प्रिन्स प्रमोद, रमेश निरौला, सिजन श्रेष्ठ, सुशीला प्रसार्इं, गोविन्द ढुङ्गानालगायत थिए ।

मोरङ र सुनसरीका विभिन्न ठाउँबाट साहित्यकारहरूको उल्लेख्य उपस्थिति रहेको कार्यक्रममा छन्दवाटिका नेपालका अध्यक्ष कवि हरि कट्टेलले सभापतित्व गरेका थिए भने प्रमुख अतिथिका रूपमा प्रा. कविराज न्यौपाने उपस्थित थिए ।

वि.सं. २०७२ मा कवि हरि कट्टेलको संयोजनमा स्थापना गरिएको छन्द वाटिका नेपाल, विराटनगरले निरन्तर रूपमा अग्रज स्रष्टाहरूको सम्मान, साहित्यिक कृति प्रकाशन र रचना वाचन कार्यक्रम गर्दै आएको छ । संस्था साहित्यिक चेतना अभिवृद्धिमा क्रियाशील रहँदै आएको छ ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka