Premier Cables
Premier Steel

विराटनगर

सुनका सिक्री हराएको प्रहरीमा उजुरी, रथयात्रामा हाराएका बालकहरु फेला

रथयात्रामा शंकास्पद गतिविधिमा संलग्न २६ जना पक्राउ

नोट: यो समाचार ८ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, भाद्र ०१, २०८२  | साँझ ७:५९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर। विराटनगरमा जारी राधाकृष्ण रथयात्राको क्रममा शंकास्पद गतिविधिमा संलग्न भएको आरोपमा प्रहरीले २६ जनालाई नियन्त्रणमा लिएको छ।

मोरङ जिल्ला प्रहरी कार्यालयका अनुसार, पक्राउ पर्नेहरूमा १९ जना पुरुष र ७ जना महिला छन्। उनीहरूलाई हाल प्रहरी नियन्त्रणमा राखी सोधपुछ जारी राखिएको छ। प्रहरीले यो संख्या अझै बढ्न सक्ने जनाएको छ।

बिज्ञापन

मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालका अनुसार, रथयात्रालाई लक्षित गर्दै विराटनगरमा कडा सुरक्षा व्यवस्था लागू गरिएको छ।

उनका अनुसार, मोबाइल फोन र सिक्री हराएको उजुरीहरू समेत प्रहरीमा दर्ता भएका छन्।

रथयात्राको भिडभाडको क्रममा हराएका तीन जना बालकलाई समेत सुरक्षित रूपमा फेला पारिएको प्रहरीले जानकारी दिएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka