Premier Cables
Premier Steel

कोशी प्रदेश

कोशी पर्यटन मन्त्रालयका विवादित घिमिरेसहित चार सचिवको सरुवा

नोट: यो समाचार ९ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, साउन २९, २०८२  | अपराह्न १:२२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । कोशी प्रदेशको पर्यटन वर्षको कार्यक्रम व्यवस्थापन गर्न नसकेका र भुक्तानी विवादमा तानिएका पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विशाल घिमिरेको सरुवा भएको छ । प्रदेशबाट उनीसहित चार प्रदेश सचिवको संघमा सरुवा भएको छ ।

सचिव घिमिरेमाथि तेह्रथुममा भएको उद्घाटन कार्यक्रममा अनियमितता, होटलमा खाली बिल पेस गर्ने, समयमै भुक्तानी नगर्ने र निकट व्यक्तिहरूलाई ठेक्का दिँदै कमिसन लिने आरोप लाग्दै आएको थियो। उक्त भुक्तानी उनले व्यक्तिगत खाताबाट गरेपछि संसदमा समेत प्रश्न उठेको थियो। उनले २ लाख ७६ हजार रुपैयाँ बैंकबाट झिकेर होटलहरूलाई भुक्तानी गरेको सार्वजनिक लेखा समितिको बैठकमा स्वीकार गरेका थिए।

बिज्ञापन

घिमिरे लामो समयदेखि प्रदेशमा पदस्थापनमा थिए र मुख्यमन्त्रीको नजिकको व्यक्तिका रूपमा चिनिँदै आएका थिए। उनको विरुद्ध अख्तियारमा उजुरी परेको र सो प्रकरणमा अनुसन्धान सुरु भइसकेको जनाइएको छ।

घिमिरेको संघीय वन तथा वातावरण मन्त्रालयमा सरुवा गरिएको छ।

उनीसँगै सरुवा हुने अन्य सचिवहरू

अशोककुमार साह – भौतिक पूर्वाधार मन्त्रालयबाट संघीय शहरी विकास मन्त्रालय

डा. शरणकुमार पाण्डे – उद्योग, कृषि तथा सहकारी मन्त्रालयबाट संघीय कृषि मन्त्रालय

डा. राधिका थपलिया – स्वास्थ्य मन्त्रालयबाट संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

संघीय सरकारबाट दुई सहसचिव कोशी प्रदेशमा पठाइएको छ। मिलन आचार्य भौतिक पूर्वाधार विकास मन्त्रालयको सचिव बन्ने छन् भने यदुचन्द्र घिमिरे स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हाल्नेछन्।

त्यस्तै, विराटनगर महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा योगेन्द्रप्रसाद दुलालको सरुवा गरिएको छ। यसअघि सरुवा गरिएका रामचलित्र महतो मेयरको असहमतिका कारण महानगरमा हाजिर हुन नपाएका थिए, जसले महानगर ६ महिनासम्म कामचलाउ व्यवस्थामा चलेको थियो।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ

बालेनले लगाएको ‘ट्राउजर भाईरल’ भएपछि विराटनगरमा बनाउन भ्याई नभ्याई

Clock Iconसोमबार, जेठ ११, २०८३

संचालनमा नआउँदै विराटनगरको पाँचतारे होटल ‘लेमन ट्री प्रिमियर’ संकटमा, ईक्रा रेटिङमा झन तल खस्कियो

Clock Iconसोमबार, जेठ ११, २०८३

बैंकका कर्मचारीलाई अतिरिक्त काम नलगाउन राष्ट्र बैंकको निर्देशन

Clock Iconआइतबार, जेठ १०, २०८३

विराटनगरका उधोगी नवीन रिजाल एफएनसीसीआई केन्द्रीय सदस्यमा मनोनित

Clock Iconशुक्रबार, जेठ ०८, २०८३

कोशी प्रदेशमा उच्च मूल्य कृषिजन्य वस्तुको उत्पादन र निर्यात प्रवर्द्धनसम्बन्धी अन्तरक्रिया सम्पन्न

Clock Iconशुक्रबार, जेठ ०८, २०८३

साताको अन्तिम कारोबारमा नेप्से १६ अंकले बढ्यो, कारोबार रकम पनि उकालो

Clock Iconशुक्रबार, जेठ ०८, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka