Premier Cables
Premier Steel

अन्तराष्ट्रिय

ट्रम्पको चेतावनी: युक्रेनी भूभागबारे पुटिनसँग सम्झौता नहुने

नोट: यो समाचार ७ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, साउन २९, २०८२  | बिहान ९:५९ बजे
Hamro Biratnagar Headlines

अलास्का । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको वार्तामा युक्रेनका भूभागबारे कुनै सम्झौता नहुने स्पष्ट पारेका छन्।

अलास्कामा हुन लागेको बहुप्रतिक्षित बैठकअघि युरोपेली नेताहरूसँग गरिएको भर्चुअल छलफलमा ट्रम्पले युक्रेनी भूमिबारे निर्णय गर्ने अधिकार केवल युक्रेनलाई हुने बताएका हुन्। भर्चुअल बैठकमा सहभागी दुई कूटनीतिज्ञलाई उद्धृत गर्दै अमेरिकी मिडिया सिएनएनले यो जानकारी दिएको हो।

बिज्ञापन

युक्रेनी भूमिको सन्दर्भमा ट्रम्पको यस्तो स्पष्ट अडानले युद्धविरामको साटोमा भूभाग हस्तान्तरणको रूसी प्रस्ताव अस्वीकार हुने विश्वास युरोपेली नेताहरूमा बढाएको सिएनएनले जनाएको छ।

यद्यपि अघिल्लो केही अभिव्यक्तिहरूमा ट्रम्पले युद्धविरामको सन्दर्भमा “जमिनको अदलाबदली” सम्भव हुने संकेत गरेका थिए। रूसले हाल आफ्नो नियन्त्रणमा रहेका क्षेत्रलाई आधार मानेर युद्धविराम चाहेको बताउँदै आएको छ।

युरोपेली नेताहरूसँगको छलफलपछि फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले पत्रकारहरूसँग भने, “राष्ट्रपति ट्रम्पले स्पष्ट रूपमा युक्रेनी भूभागबारे वार्ता गर्ने अधिकार केवल युक्रेनी राष्ट्रपतिलाई मात्र हुने बताएका छन्।”

म्याक्रोंका अनुसार ट्रम्पका दुई मुख्य सन्देश थिए:

अलास्कामा हुने वार्ताबाट युद्धविराम सफल गराउने।

युक्रेनी भूभागबारे निर्णय केवल युक्रेनी नेतृत्वको सहभागितामा हुने।

ट्रम्पले युद्धविराम सफल भएमा युक्रेनी राष्ट्रपति जेलेन्स्कीसँग दोश्रो चरणको वार्ता चाँडै सुरु गरिने बताएका छन्। भूभागसम्बन्धी कुनै पनि सम्झौता जेलेन्स्कीको सहमतिमा मात्र हुने उनले स्पष्ट पारे।

यसै बैठकमा ट्रम्पले युक्रेनको सुरक्षाका लागि अमेरिकी भूमिकासहितको ग्यारेन्टीको समर्थन गरेका छन्। युरोपेली कूटनीतिज्ञहरूले यसलाई सकारात्मक संकेतका रूपमा लिएका छन्।

यदि वार्ता असफल भयो भने रूसले गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी पनि ट्रम्पले दिएका छन्। साथै, रूसबाट तेल किन्ने देशहरूमा थप प्रतिबन्ध लगाइने चेतावनीसमेत उनले दिएका छन्।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka