Premier Cables
Premier Steel

समाचार

थाइल्याण्ड वक्तृत्व कलामा एभरेष्टका इशल छनोट

नोट: यो समाचार ७ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, साउन २६, २०८२  | साँझ ७:३३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । विराटनगर–५ स्थित एभरेष्ट स्कुलका विद्यार्थी इशल भट्टराई अन्तर्राष्ट्रिय स्तरको अंग्रेजी वक्तित्व कला प्रतियोगितामा सहभागी हुने अवसर पाएका छन्। आगामी अगस्ट २७ देखि ३१ (भदौ ११–१५) सम्म थाइल्याण्डमा हुने उक्त प्रतियोगितामा उनी नेपालका चार प्रतिनिधिमध्ये एक हुन्।

इशलसँगै काठमाडौंको काब्या +२ कलेजकी चारु आचार्य, वीरगञ्जको नेशनल इन्फोटेक कलेजकी सारा श्रेष्ठ र गौतम सेकेन्डरी स्कुलकी स्वारा झा पनि छनोट भएका छन्।

बिज्ञापन

नेपालतर्फको छनोट प्रक्रिया माई सेकेण्ड टिचरले आरभीआई ग्रुपको सहकार्यमा र आरभीआइपीएसको सहयोगमा सञ्चालन गरेको हो। माई सेकेण्ड टिचर लागू विद्यालयका विद्यार्थीलाई अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागी गराउन यो कार्यक्रम आयोजना गरिएको बताइएको छ।

प्रतियोगिता १०-१५ वर्ष र १६-२७ वर्ष उमेर समूह गरी दुई श्रेणीमा हुने भए पनि नेपालका लागि १६-२७ वर्ष समूहका विद्यार्थी मात्र सहभागी हुने व्यवस्था गरिएको छ। आयोजकका अनुसार यस प्रतिस्पर्धाले युवालाई विश्वव्यापी मुद्दामा आफ्नो धारणा राख्न र आत्मविश्वासी वक्ता बन्न प्रेरित गर्ने लक्ष्य राखिएको छ।

यस वर्षको विषय “अहिलेको डिजिटल युगमा, विश्व नागरिकको रूपमा विभेद हटाउँदै आपसमा जोडिएको संसार कसरी निर्माण गर्ने?” रहनेछ। प्रतिस्पर्धीले यसै शीर्षकमा आफ्नो विचार प्रस्तुत गर्नुपर्नेछ।

छनोटका लागि विद्यार्थीहरूले ५०० शब्दसम्मको लेख र अधिकतम ४ मिनेटको भिडियो पठाएका थिए। प्राप्त भिडियोको मूल्यांकनपछि उत्कृष्ट चार जनालाई थाइल्याण्ड जाने अवसर प्रदान गरिएको हो। थाइल्याण्ड चरणपछि फाइनल प्रतिस्पर्धा चीनको सुझोउ, जियाङ्सुमा हुने छ।

‘२१औं शताब्दी माइक अप’ नामक यो विद्यालयस्तरीय अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी राष्ट्रको संख्या निश्चित नभए पनि आयोजकका अनुसार म्यानमार, फिलिपिन्स, थाइल्याण्ड, लाओससहित अन्य देशका विद्यार्थीका लागि अवसर खुला गरिएको छ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka