Premier Cables
Premier Steel

विराटनगर समाचार

गाईजात्रा पर्व आज,विराटनगरमा विविध कार्यक्रम गरी मनाइँदै

नोट: यो समाचार ६ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, साउन २५, २०८२  | बिहान ९:०१ बजे
Hamro Biratnagar Headlines

काठमाडौं । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म मनाइने परम्परागत सांस्कृतिक पर्व गाईजात्रा आज काठमाडौं उपत्यकासहित देशभर विभिन्न कार्यक्रमहरूका साथ मनाइँदैछ।

विराटनगरमा पनि झिंपुचले विविध कार्यक्रम गरी गाईजात्रा मनाउने बताइएको छ । अपरान्ह झांकी सहित कार्यक्रम गरिने छ ।

एक वर्षभित्र दिवंगत भएका आफन्तहरूको सम्झनामा गाई वा गाईको स्वरूपमा सिँगारिएका व्यक्तिहरू नगर परिक्रमा गराउने प्रचलन रहेको यस पर्वमा श्रद्धालुहरूद्वारा दूध, फलफूल, रोटी, चिउरा, दही, अन्न तथा नगद सामग्री दान गरिन्छ।

धार्मिक विश्वास अनुसार, यसरी नगर परिक्रमा गराउँदा दिवंगत आत्माहरू गाईको पुच्छर समाई वैतरणी नदी पार गर्छन्।

गाईजात्राको प्रारम्भ राजा प्रताप मल्लको पालामा भएको मानिन्छ। आफ्ना पुत्रको निधनपछिको शोकमा रहेका आफ्नी रानीलाई संसारमै यस्ता शोकहरू हुने देखाउन उनले गाईजात्रा निकाल्ने परम्परा सुरु गराएको इतिहास छ।

रानीको मन शान्त नहुँदा उनले जनतालाई हास्य, व्यङ्ग्य र प्रहसनयुक्त कार्यक्रम गर्न प्रोत्साहन दिए, जसको प्रभाव आजसम्म कायम रहेको जनश्रुति पाइन्छ।

गाईजात्राको परम्परा अनुसार, अहिले पनि हनुमानढोकास्थित राजदरबार हुँदै जुलुस निकाल्ने परम्परा जीवित छ। यद्यपि देशका विभिन्न भागमा यो पर्व मनाइए पनि काठमाडौं उपत्यकामा विशेष रौनकका साथ मनाइने गरिन्छ।

भाद्र कृष्ण अष्टमीसम्म चल्ने गाईजात्रामा सामाजिक विकृति र विसङ्गतिमाथि व्यङ्ग्य गरिँदै नाचगान, प्रहसन, र मृत आत्माको सम्झनामा करुण रसका गीतहरू गाइन्छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka