Premier Cables
Premier Steel

विराटनगर शिक्षा

एभरेस्टमा नमूना संयुक्त राष्ट्र संघ सभाको उद्घाटन

नोट: यो समाचार ७ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, साउन २१, २०८२  | अपराह्न ३:४६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । संयुक्त राष्ट्र संघ सम्बन्धी ज्ञान दिने उद्देश्यले आयोजित नमुना संयुक्त राष्ट्र संघ सभाको औपचारिक उद्घाटन बुधबार कोशी प्रदेशका सामाजिक विकास मन्त्री पाँचकर्ण राईले एभरेस्ट माध्यमिक विद्यालयको सभाहलमा गरेका छन्।

एभरेस्ट माध्यमिक विद्यालयको आयोजनामा साउन २१ गतेदेखि २३ गतेसम्म सञ्चालन हुने यो तीनदिने कार्यक्रममा कक्षा ८ देखि १२ सम्मका करिब २०० जना विद्यार्थी सहभागी हुने विद्यालयले जनाएको छ।

बिज्ञापन

विद्यार्थीलाई पाठ्यपुस्तकमा आधारित ज्ञान मात्र नभई कूटनीति, वैदेशिक सम्बन्ध र राजनीतिक चेतना सम्बन्धी व्यवहारिक ज्ञान दिनका लागि यो कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा सहभागी विद्यार्थीहरू विभिन्न देशका प्रतिनिधिको भूमिकामा प्रस्तुत हुनेछन् र विविध अन्तर्राष्ट्रिय मुद्दाहरूमा छलफल तथा बहस गर्नेछन्।

कार्यक्रमको उद्घाटन समारोहमा विद्यालयका प्रधानाध्यापक टिकाराम पुरीले यस्तो अभ्यासले विद्यार्थीहरूलाई पुस्तक बाहिरको संसार बुझ्न सहयोग गर्ने विश्वास व्यक्त गरे। “यसले उनीहरूलाई प्रस्तुतिकरणमा सबल बनाउने छ भने नीति, कूटनीति र अन्तर्राष्ट्रिय राजनीतिको ज्ञान पनि वृद्धि हुनेछ,” उनले भने।

उनका अनुसार कार्यक्रमले विद्यार्थीहरूमा अन्तर्राष्ट्रिय मुद्दा बुझ्ने, बहस गर्न सक्ने तथा नेतृत्व विकास गर्ने क्षमता अभिवृद्धि गर्ने विश्वास लिइएको छ।

तीन दिनसम्म सञ्चालन हुने यो नमुना सभामा विभिन्न सेसनहरूमा विविध समस्या र समाधानका विषयमा छलफल हुने छ भने अन्तिम दिन घोषणा–पत्र समेत सार्वजनिक गरिने कार्यक्रम रहेको छ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka