Premier Cables
Premier Steel

राजनीति विराटनगर

रास्वपाको अभियान : विराटनगरमा ५०० हस्ताक्षर संकलन

नोट: यो समाचार ८ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, साउन २१, २०८२  | अपराह्न १:३४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेको समर्थनमा विराटनगरमा पाँच सय बढी नागरिकको हस्ताक्षर संकलन गरिएको छ। लामिछानेमाथि राज्यले झुटा आरोप लगाएको भन्दै रास्वपाले देशव्यापी रूपमा सुरु गरेको हस्ताक्षर संकलन अभियानको दोस्रो चरण अन्तर्गत विराटनगरमा कार्यक्रम सञ्चालन गरिएको हो।

पार्टीका केन्द्रीय सचिव प्रमोद न्यौपानेका अनुसार, यो अभियान लामिछानेविरुद्ध राज्यले गरेको राजनीतिक प्रतिशोधको प्रतिवाद स्वरूप थालिएको हो। “हामी यो अभियानमार्फत जनचेतना फैलाउन र नागरिक दबाब सिर्जना गर्न चाहन्छौं,” उनले भने। साथै उनले प्रतिस्पर्धाबाट डराउनेहरूले झुटा आरोपमार्फत लामिछानेलाई निष्क्रिय बनाउन खोजेको आरोपसमेत लगाए।

बिज्ञापन

“हाम्रो अध्यक्षमाथि लगाइएको आरोप कानुनी भन्दा पनि राजनीतिक छ। विपक्षीहरूले अदालतलाई प्रभावित गर्न र जनमतलाई मोड्न यस्ता प्रपञ्च रचिरहेका छन्,” न्यौपानेले स्पष्ट पारे। उनले राजनीतिक प्रतिस्पर्धामा छाती खोलेर आउन सबैलाई चुनौती पनि दिए।

विराटनगरमा अभियानको नेतृत्व गरिरहेका पार्टीका महानगर सह-संयोजक उमेश दाहालका अनुसार यो कार्यक्रम आगामी ६० दिनसम्म निरन्तर चल्नेछ। “वडास्तरमा पुगेर हामी नागरिकसँग प्रत्यक्ष संवाद गर्दैछौं,” उनले जानकारी दिए। उनका अनुसार अभियान संगठन विस्तारसँगै पार्टीलाई स्थानीय तहमा मजबुत बनाउने रणनीतिको हिस्सा पनि हो।

यसअघि झापामा पनि यस्तै हस्ताक्षर संकलन कार्यक्रम सम्पन्न भइसकेको छ। रास्वपाले यो अभियानलाई देशव्यापी रूपमा विस्तार गर्ने तयारी गरिरहेको छ, जसले लामिछानेमाथि लगाइएका आरोपको विरुद्धमा जनस्तरबाटै समर्थन जुटाउने प्रयास गरिनेछ।

यो अभियानलाई रास्वपाले केवल समर्थन मात्र नभई, राजनीतिक सन्देश दिन प्रयोग गरिरहेको देखिन्छ — लामिछानेविरुद्धको मुद्दा अब कानुनी विषय मात्र नरही राजनीतिक मोड लिएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka