Premier Cables
Premier Steel

समाचार

मानव बेचविखन विरुद्धको दिवसको अवसरमा सचेतनामूलक कार्यक्रम

नोट: यो समाचार ९ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, साउन १६, २०८२  | बिहान ९:५९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

खोटाङ । “अन्तर्राष्ट्रिय मानव बेचविखन विरुद्धको दिवस”को अवसरमा जिल्ला प्रहरी कार्यालय खोटाङको आयोजनामा सचेतनामूलक कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएको छ।

कार्यक्रम जिल्ला खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ स्थित श्री दिक्तेल बहुमुखी क्याम्पसमा सम्पन्न भएको हो। कार्यक्रममा कारागार सुरक्षा गार्ड खोटाङका प्रहरी सहायक निरीक्षक रुपाल सिंह कार्की र जिल्ला ट्राफिक प्रहरी कार्यालय खोटाङका प्रहरी सहायक निरीक्षक पितम राईले मानव बेचविखन रोकथाम तथा नियन्त्रण, ट्राफिक नियम र सडक अनुशासनसम्बन्धी प्रशिक्षण प्रदान गरेका थिए।

बिज्ञापन

साथै, सहभागीहरूलाई पर्चा, पम्प्लेट र ब्रोसर समेत वितरण गरिएको थियो। कार्यक्रम क्याम्पसका शिक्षक, शिक्षिका तथा विद्यार्थीहरूको सक्रिय सहभागितामा प्रभावकारी रूपमा सम्पन्न भएको जनाइएको छ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka