Premier Cables
Premier Steel

राष्ट्रिय

फुङलिङ नगरपालिकाले बजार क्षेत्रबाट किन हटाउंदै छ सुँगुरका खोर ?

नोट: यो समाचार ८ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, साउन १५, २०८२  | राती ९:४७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

ताप्लेजुङ । फुङलिङ नगरपालिकाले बजार क्षेत्रभित्र रहेका अव्यवस्थित सुँगुर खोर हटाउन सुँगुरपालकलाई साउन २२ गतेसम्मको समय दिएको छ।

पालिकाले दोस्रो पटक सार्वजनिक सूचना जारी गर्दै तोकिएको समयभित्र खोर नहटाए नगरपालिकाबाट दिइँदै आएका सेवा–सुविधा रोक्का गरिने चेतावनीसमेत दिएको छ।

बिज्ञापन

नगरपालिकाले साउन १५ गते जारी सूचनामार्फत सात दिनको समय दिएको हो। यो निर्णय साउन ११ गते सम्पन्न कार्यपालिका बैठकबाट पारित गरिएको उल्लेख गरिएको छ।

नगर स्रोतका अनुसार, पहिला स्वेच्छाले खोर हटाउन आग्रह गरिनेछ। यदि पालना नभए सेवासुविधा रोक्का गरिनेछ र त्यसपछि पनि अटेरी गरे नगर प्रहरीले जबरजस्ती हटाउने तयारी गरिएको छ। यसअघि नगरपालिका प्रमुख र उपप्रमुखले विद्युत्, टेलिकम, खानेपानी लगायत सेवा प्रदायक संस्थाका प्रमुखहरूसँग छलफलसमेत गरेका थिए।

यसअघि असार २७ गते नगरपालिकाले साउन २ गतेभित्र बजार क्षेत्रबाट अव्यवस्थित सुँगुरका खोर हटाउन सूचना जारी गरेको थियो। तर, पालिकाको उक्त सूचनाको विरोध गर्दै सुँगुरपालकहरू आन्दोलित भएका थिए। उनीहरूले नाराजुलुससहित नगरपालिकामा प्रदर्शनसमेत गरेका थिए।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka