Premier Cables
Premier Steel

कोशी प्रदेश

बाँदरलाई कुकुरले टोकाएर मार्ने ताप्लेजुङका युवक पक्राउ

नोट: यो समाचार ४ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, फाल्गुण २७, २०८२  | बिहान १०:०० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । बाँदरलाई कुकुर लगाएर आक्रमण गराउँदै अमानवीय तरिकाले मारेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार उक्त भिडियो सार्वजनिक भएसँगै विभिन्न निकाय तथा संघ–संस्थाले चासो व्यक्त गरेपछि घटनाबारे अनुसन्धान सुरु गरिएको थियो। अनुसन्धानका क्रममा प्रतिनिधिसभा निर्वाचनअघि खेतबारीको बालीनाली जोगाउन बनाइएको पासोमा परेका बाँदरमाथि आक्रमण गराइएको घटना खुलेको हो।

बिज्ञापन

उक्त भिडियो सामाजिक सञ्जालमा पोस्ट गर्ने पाँचथर हिलिहाङ गाउँपालिका–२ सिंहपुर घर भई हाल ताप्लेजुङ पाथिभरा याङवरक गाउँपालिका–२ थेचम्बु बस्दै आएका २१ वर्षीय संगम भन्ने छुप्पु हेम्बयालाई प्रहरीले पक्राउ गरेको जनाएको छ।

घटनाबारे आवश्यक अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।

प्रहरी निरीक्षक जटाशंकर यादवले जारी गरेको प्रेस विज्ञप्तिमार्फत उक्त जानकारी दिइएको हो।

*** समाप्त ***
Bagmati
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa