Premier Cables

समाचार

सर्लाहीमा खोलामा डुबेर ७० वर्षीय वृद्ध बेपत्ता

Hamro Biratnagar News Channel Calendar सोमबार, असोज १२, २०८३  | साँझ ५:४२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

सर्लाही । सर्लाहीको गोडैता नगरपालिका–१ बहादुरपुरमा खोलामा डुबेर एक वृद्ध बेपत्ता भएका छन् ।

स्थानीय ७० वर्षीय छित्नु साह सोमबार दिउँसो लखन्देही सोती खोलामा नुहाउने क्रममा बेपत्ता भएका हुन् । उनी छिमेकीको दाहसंस्कारमा सहभागी भएर नुहाउन खोलामा पसेका थिए ।

विज्ञापन

लगातारको वर्षाका कारण खोलामा पानीको सतह बढेका बेला साहलाई खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिनुभयो ।

बेपत्ता साहको खोजीका लागि स्थानीयवासी, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको प्रहरीले जनाएको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka