Premier Cables
Premier Steel

विराटनगर

जनार्दन मैनाली पत्रकारिता पुरस्कार पत्रकार सुदीप कोइरालालाई प्रदान

नोट: यो समाचार ७ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, साउन १३, २०८२  | अपराह्न ३:४८ बजे
Hamro Biratnagar Headlines

विराटनगर। प्रेस चौतारी मोरङले यस वर्षको जनार्दन मैनाली स्मृति पत्रकारिता पुरस्कार पत्रकार सुदीप कोइरालालाई प्रदान गरेको छ । विराटनगरमा आज आयोजित एक कार्यक्रमबीच कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले कोइरालालाई पुरस्कार प्रदान गरे ।

प्रेस चौतारी मोरङ जिल्ला समितिले छनोट गरेको समितिले कोइरालाको नाम सिफारिस गरेको थियो । अध्यक्ष चीना थापाले सोही आधारमा पुरस्कार दिने निर्णय भएको बताइन ।

प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य तथा मोरङ जिल्ला इन्चार्ज सुमन सुस्केराको संयोजकत्वमा छनोट समिति गठन गरिएको थियो ।

पत्रकार कोइराला कोशी सन्देश डटकम अनलाइनका कार्यकारी सम्पादक हुन्। उनी यसअघि प्रेस चौतारी मोरङका निवर्तमान अध्यक्ष समेत थिए । हाल उनी नेपाल पत्रकार महासङ्घ कोसी प्रदेशको कोषाध्यक्ष हुन् । कोइराला डेढ दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

२०६६ सालमा स्थापित यो पुरस्कार यसअघि पत्रकारहरू दीपेन न्यौपाने, महेन्द्र विष्ट, नरेन्द्रप्रसाद दाहाल, बन्धु पोखरेल, केदार चौहान, ललिता भट्टराई, बिक्रम लुइँटेल, धर्मराज ढकाल, भुपेन्द्र तिम्सिना, गणेश लम्साल, रामचन्द्र अधिकारी, इन्दिरा भट्टराई, कमल पौडेल, जगन्नाथ भट्टराई, तेजेन्द्र भण्डारी र बाबुराम भण्डारीले प्राप्त गरिसकेका छन्।

*** समाप्त ***
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka