Premier Cables
Premier Steel

मौसम

यी प्रदेशमा हल्कादेखि भारी वर्षाको सम्भावना

नोट: यो समाचार १ वर्ष ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, बैशाख २२, २०८२  | बिहान १०:०३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको जनाएको छ । यसका साथै बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ ।

महाशाखाका अनुसार अहिले कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहेको छ ।

बिज्ञापन

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो सुदूरपश्चिम, लुम्बिनी, गण्डकी, बागमती र कोशी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

आज राति देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाका साथै कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

बाढी–पहिरो प्रभावितका लागि ३६ घण्टामै १ अर्ब ९१ करोडभन्दा बढी सहयोग

Clock Iconशुक्रबार, भाद्र १२, २०८३

बाढी–पहिरो प्रभावितका लागि एक्स्ट्रिम इनर्जी ड्रिङ्क्सद्वारा १ करोड सहयोग

Clock Iconशुक्रबार, भाद्र १२, २०८३

रसुवा बाढीपीडितका लागि शारदा र जाजु ग्रुपले ६० लाख बराबरको राहत

Clock Iconबिहिबार, भाद्र ११, २०८३

लेन्दे खोलाको बाढीले रसुवा नाकामा ठूलो क्षति, दुईवटा बजार तहसनहस

Clock Iconबुधबार, भाद्र १०, २०८३

भारतीय क्लेयरिङ एजेन्टको आन्दोलन फिर्ता: ५०० भन्दा बढी मालवाहक लरी नेपाल भित्रिने

Clock Iconमंगलबार, भाद्र ०९, २०८३

पांच सयभन्दा बढी मालबाहक ट्रक र कन्टेनर सीमापारिमै रोकिए, भन्सार जाँचपास पूर्ण अवरुद्ध

Clock Iconमंगलबार, भाद्र ०९, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka