Premier Cables
Premier Steel

विराटनगर

परीक्षामा सहभागी विराटनगरका विद्यार्थीलाई छात्रवृत्ति सुनिश्चित

नोट: यो समाचार १ महिना अघिको हो

Calendar बिहिबार, साउन ०८, २०८२  | बिहान १०:२७ बजे

विराटनगर । विराटनगर महानगरपालिकाले कक्षा ११ का लागि लिएको छात्रवृत्ति परीक्षामा अपेक्षा गरिएभन्दा कम विद्यार्थी सहभागी भएका छन्। २६ निजी विद्यालयमा छुट्याइएको ७०२ छात्रवृत्ति कोटामध्ये ६७८ विद्यार्थीले मात्र परीक्षा दिएका हुन्।

महानगरको शिक्षा महाशाखा प्रमुख रामप्रसाद ढुङ्गेलका अनुसार परीक्षामा सहभागी सबै विद्यार्थीले छात्रवृत्तिको सुविधा पाउनेछन्। तर उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूले आफूले रोजेको विद्यालयमा पढ्न पाउने व्यवस्था गरिएको छ।

बिज्ञापन

कुल छात्रवृत्ति कोटामा २७६ जना जेहेन्दार, २४८ विपन्न, ७३ आदिवासी जनजाति, ३६ दलित, ३४ अपाङ्गता भएका र ३४ मुस्लिम विद्यार्थीका लागि कोटा छुट्याइएको छ। नतिजा मंगलबार साँझ प्रकाशित हुने जनाइएको छ।

ढुङ्गेलका अनुसार सबैभन्दा बढी विद्यार्थीले अरनिको कलेज रोजेका छन्, जहाँ ११८ कोटामा २५५ विद्यार्थीले छनोट गरेका छन्। अन्य कलेजहरूमा पनि छात्रवृत्ति कोटा भन्दा दोब्बर विद्यार्थीको छनोट देखिएको छ।

महानगरपालिकाले छात्रवृत्तिको पहुँच सुनिश्चित गर्न र जेहेन्दार तथा विपन्न वर्गका विद्यार्थीलाई प्रोत्साहन गर्न यो पहल गरेको हो।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
पिन गरिएको समाचार
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka