Premier Cables

विराटनगर

परीक्षामा सहभागी विराटनगरका विद्यार्थीलाई छात्रवृत्ति सुनिश्चित

नोट: यो समाचार १ वर्ष १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, साउन ०८, २०८२  | बिहान १०:२७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । विराटनगर महानगरपालिकाले कक्षा ११ का लागि लिएको छात्रवृत्ति परीक्षामा अपेक्षा गरिएभन्दा कम विद्यार्थी सहभागी भएका छन्। २६ निजी विद्यालयमा छुट्याइएको ७०२ छात्रवृत्ति कोटामध्ये ६७८ विद्यार्थीले मात्र परीक्षा दिएका हुन्।

महानगरको शिक्षा महाशाखा प्रमुख रामप्रसाद ढुङ्गेलका अनुसार परीक्षामा सहभागी सबै विद्यार्थीले छात्रवृत्तिको सुविधा पाउनेछन्। तर उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूले आफूले रोजेको विद्यालयमा पढ्न पाउने व्यवस्था गरिएको छ।

विज्ञापन

कुल छात्रवृत्ति कोटामा २७६ जना जेहेन्दार, २४८ विपन्न, ७३ आदिवासी जनजाति, ३६ दलित, ३४ अपाङ्गता भएका र ३४ मुस्लिम विद्यार्थीका लागि कोटा छुट्याइएको छ। नतिजा मंगलबार साँझ प्रकाशित हुने जनाइएको छ।

ढुङ्गेलका अनुसार सबैभन्दा बढी विद्यार्थीले अरनिको कलेज रोजेका छन्, जहाँ ११८ कोटामा २५५ विद्यार्थीले छनोट गरेका छन्। अन्य कलेजहरूमा पनि छात्रवृत्ति कोटा भन्दा दोब्बर विद्यार्थीको छनोट देखिएको छ।

महानगरपालिकाले छात्रवृत्तिको पहुँच सुनिश्चित गर्न र जेहेन्दार तथा विपन्न वर्गका विद्यार्थीलाई प्रोत्साहन गर्न यो पहल गरेको हो।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई अर्थमन्त्री वाग्लेको आह्वान

Clock Iconशनिबार, असोज ०३, २०८३

कबाडीको अर्बौं कारोबार, भ्याट विवादले उद्योगी र व्यवसायी दुवै समस्यामा

Clock Iconबुधबार, भाद्र ३१, २०८३

निजी क्षेत्रसँग सहकार्य गर्ने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता

Clock Iconबुधबार, भाद्र ३१, २०८३

मकवानपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने १८ हजारभन्दा बढी चालक कारबाहीमा

Clock Iconसोमबार, भाद्र २९, २०८३

मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनिल कुमार साह सर्वसम्मत, ३५औँ कार्यसमिति निर्विरोध चयन

Clock Iconसोमबार, भाद्र २९, २०८३

बजारमा चिनीको चर्को मूल्यवृद्धि: कसरी पुग्यो प्रतिकिलो १५० रुपियाँ ?

Clock Iconशनिबार, भाद्र २७, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka