Premier Cables
Premier Steel

राष्ट्रिय समाचार

महावीर पुनले किताब बेचेरै उठाए १२ करोड रुपैयाँ

नोट: यो समाचार ९ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, साउन ०६, २०८२  | बिहान १०:५२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

बिर्तामोड । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा. महावीर पुनले लेखेको आत्मकथा ‘महावीर पुनः सम्झना, सपना र अविरल यात्रा’ हालसम्म दुई लाख १८ हजार प्रति बिक्री भइसकेको छ।

पुस्तक बिक्रीबाट जम्मा भएको १२ करोड रुपैयाँ राष्ट्रिय आविष्कार केन्द्रको खातामा जमा गरिएको पुनले जानकारी दिएका छन्।

बिज्ञापन

झापाको विर्तामोडमा पुस्तक बिक्री तथा प्रचारप्रसारका लागि एक सातादेखि रहँदै आएका डा. पुनले उक्त जानकारी दिएका हुन्। उनले किताब बिक्रीबाट संकलित रकम वीरगञ्जस्थित औजार कारखाना र अन्य आविष्कार सम्बन्धी गतिविधिमा खर्च गरिने बताए। सात सय पचास रुपैयाँ मूल्य रहेको उक्त पुस्तक संस्थागत र व्यक्तिगत रूपमा खरिद गर्ने क्रम बढ्दो छ।

विर्तामोड नगरपालिकाले गरेको विशेष कार्यक्रममा केन्द्रको सहयोगार्थ ५० हजार रुपैयाँ बराबरको पुस्तक खरिद गरेको छ। कार्यक्रमका अवसरमा नगर उपप्रमुख पवित्रा महतरा प्रसाईंले महावीर पुनको अभियान मुलुकलाई आत्मनिर्भर बनाउने दिशामा प्रेरणादायी रहेको बताउँदै, पुस्तक खरिद गरेर सहयोग गर्न पाउँदा गर्व महसुस भएको प्रतिक्रिया दिइन्।

यस्तै, सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत महेन्द्र गिरीले डा. पुनको देशभक्ति र वैज्ञानिक योगदान अनुकरणीय रहेको उल्लेख गर्दै सबैले उहाँको अभियानमा हातेमालो गर्नुपर्ने धारणा व्यक्त गरे।

विर्तामोड, दमक, बाह्रदशी, बुद्धशान्ति लगायतका पालिकाहरूमा स्थानीय सामाजिक संस्था तथा युवाहरूको नेतृत्वमा ‘पुस्तक किनौँ, आविष्कार केन्द्रलाई सहयोग गरौँ’ भन्ने अभियान चलाइएको छ।

कार्यक्रमका क्रममा डा. पुनले युवाहरूलाई सामाजिक सञ्जालमा मात्र सीमित नहुन आग्रह गरे। “देशका लागि आ–आफ्नो ठाउँबाट सानो भए पनि योगदान गर्न आवश्यक छ,” उनले भने, “सामाजिक सञ्जालमा नेताहरूलाई गाली गरेर मात्र केही हुँदैन।”

उनले राष्ट्रिय आविष्कार केन्द्रमार्फत हाल १५ प्रकारका कृषि औजार उत्पादन भइरहेको जानकारी गराए। ती उपकरणहरू निकट भविष्यमा साना किसानहरूका लागि उपयोगी हुने उनको विश्वास छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka