Premier Cables
Premier Steel

अन्तराष्ट्रिय

२० वर्ष कोमामा रहेका साउदीका ‘स्लीपिङ प्रिन्स’को निधन

नोट: यो समाचार १० महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, साउन ०४, २०८२  | बिहान ११:०० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । करिब २० वर्षसम्म कोमामा रहेका साउदी अरबका राजकुमार अल वालिद बिन खालिद बिन तलाल अल साउदको निधन भएको छ। २००५ मा सवारी दुर्घटनामा परेर गम्भीर घाइते भएका उनी त्यसयता अचेत अवस्थामा थिए। १९ जुलाई २०२५ मा साउदी अरबको एक विशेष स्वास्थ्य केन्द्रले उनको निधनको पुष्टि गरेको हो।

१५ वर्षको उमेरमा बेलायतको लन्डनमा सैनिक तालिमका क्रममा उनी कार दुर्घटनामा परेका थिए। मस्तिष्कमा गम्भीर चोट र आन्तरिक रक्तस्राव भएपछि उनलाई अमेरिका र स्पेनका विशेषज्ञ चिकित्सकहरूद्वारा उपचार गरिए पनि होसमा फर्काउन सकिएन। त्यसयता उनी ‘स्लीपिङ प्रिन्स’ अर्थात् ‘सुत्ने राजकुमार’ को नामले चिनिन थाले।

बिज्ञापन

उनको स्थितिले लामो समयसम्म साउदी जनताको सहानुभूति र ध्यान तानेको थियो। अचेत अवस्थामा रहँदा समेत कहिलेकाहीं हुने हल्का शरीरको हलचलले उनका परिवारमा आशा बाँकी राख्थ्यो। यसै कारण उनका पिता राजकुमार खालिदले चिकित्सकहरूले दिएको जीवन रक्षक उपकरण हटाउने सल्लाहलाई अस्वीकार गर्दै सधैं ईश्वरको चमत्कारमा विश्वास गर्दै आएका थिए।

परिवारका सदस्यहरूले नियमित रूपमा उनलाई कुरानको पाठ सुनाउँथे। ती क्षणहरूका भिडियोहरू सार्वजनिक भएपछि राजकुमारप्रति जनताको भावना अझ गहिरिएको थियो।

उनको निधनपछि सामाजिक सञ्जालमा #SleepingPrince ट्रेन्डिङमा आएको छ। हजारौं मानिसहरूले राजकुमार वालिदलाई धैर्यता, विश्वास र पितृमायाको प्रतीकका रूपमा सम्झिरहेका छन्।

गल्फ न्युजका अनुसार, आफ्नो छोराको शय्याबाट कहिल्यै टाढा नहुने पिता राजकुमार खालिदप्रति पनि जनताले गहिरो सम्मान प्रकट गरिरहेका छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa