Premier Cables

राष्ट्रिय

खाडी मुलुकका लागि सरकारले स्थगित गर्यो श्रमस्वीकृति

नोट: यो समाचार ६ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, फाल्गुण १७, २०८२  | अपराह्न ३:१५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । सरकारले खाडी मुलुक जाने नेपाली कामदारका लागि श्रम स्वीकृति प्रदान गर्ने काम अस्थायी रूपमा स्थगित गरेको छ।

मध्यपूर्वमा इजरायल, अमेरिका र इरानबीच बढ्दो तनावका कारण सरकारले यो निर्णय लिएको हो। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री राजेन्द्रसिंह भण्डारीका अनुसार, बढ्दो अशान्ति र सुरक्षासम्बन्धी जोखिमलाई मध्यनजर गर्दै ती देशमा श्रम स्वीकृति दिन रोक लगाइएको हो। वैदेशिक रोजगार विभागले सामान्यतया वैदेशिक रोजगारीमा जाने कामदारलाई श्रम स्वीकृति प्रदान गर्दै आएको छ।

विज्ञापन

हाल, इजरायल र अमेरिकाको इरानमाथि मिसाइल आक्रमणपछि इरानले मध्यपूर्वका विभिन्न देशमा अमेरिकी सैन्य क्याम्पहरूमा प्रतिक्रिया स्वरूप आक्रमण जारी राखेको छ। युएई, कतार, ओमान, कुवेत लगायत देशमा रहेका अमेरिकी सैन्य बेस क्याम्पहरूमा आक्रमण भएपछि त्यहाँ रहेका नेपाली कामदारको सुरक्षा चिन्ता बढेको छ।

मन्त्री भण्डारीले अर्को सूचना नआउन्जेल वैदेशिक रोजगारीमा जाने सबै कामदारका लागि श्रम स्वीकृति प्रदान गर्ने कार्य रोकिएको जानकारी दिए। साथै, सम्बन्धित देशमा जान विमानस्थलमा बसेका नेपालीहरूलाई सुरक्षित रूपमा घर फर्किन अनुरोध गरिएको छ।

श्रम मन्त्रालयको कल सेन्टर चौबिसै घण्टा सक्रिय रहेको र आवश्यक परे सरकारले नेपालीहरूको उद्धारका लागि तयारी अवस्थामा रहेको पनि मन्त्री भण्डारीले बताए। उनले भने, “परिस्थितिको विकासको आधारमा आवश्यक परे भोलि–पर्सि उद्धारको योजना पनि तयार छ।”

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka