Premier Cables

राजनीति

रास्वपा प्रदेशसभा खारेज गर्ने पक्षमा, खर्च धान्न सकिन्न : मनिष झा

नोट: यो समाचार १ वर्ष १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शनिबार, साउन ०३, २०८२  | साँझ ४:३७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद तथा प्रवक्ता मनिष झाले रास्वपाको नीति प्रदेश सभा खारेज गर्ने रहेको बताएका छन्।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले पार्टीको नीति अनुसार प्रदेशहरू भने रहने तर प्रदेश सभा खारेज गरिने स्पष्ट पारे।

विज्ञापन

उनले स्थानीय तहका प्रतिनिधिहरूमार्फत प्रदेश स्तरमा सभा सञ्चालन गरिने र पालिकाहरूको प्रतिनिधि मिलेर प्रदेशसभा गठन गरिने योजना रहेको बताए। “प्रदेश रहन्छ, तर सभा खारेज हुन्छ। पालिकाका प्रतिनिधि मिलेर प्रदेशको सभा गर्ने व्यवस्था ल्याउने हाम्रो सोच हो,” सांसद झाले भने।

सांसद झाले संघीय सरकारका २१ मन्त्रालय घटाएर १५ मा सीमित गर्ने र ११२ वटा आयोग तथा निकाय खारेज गरेर खर्च कटौती गर्ने रास्वपाको योजना पनि खुलासा गरे।

उनले ती आयोगहरूको काम प्रभावहीन रहेको र तिनको खारेजीबाट वार्षिक दुई–चार अर्ब रुपैयाँ जोगिने दाबी गरे।

उनले नेपाली कांग्रेस र नेकपा एमालेमा स्पष्ट नीति, सिद्धान्त वा रणनीति नरहेको आरोप लगाउँदै, रास्वपाले अब सत्तापक्षलाई संसदीय अभ्यास सिकाउने चेतावनी पनि दिए।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka