Premier Cables

विराटनगर शिक्षा

विराटनगर खार्जीको ज्योति आधारभूत विद्यालयमा दिवा खाना दिन शुरु

Calendar शुक्रबार, साउन ०२, २०८२  | अपराह्न २:३० बजे

विराटनगर । विराटनगर महानगरपालिका वडा नं ४ खार्जीस्थित ज्योति आधारभूत विद्यालयले विद्यार्थीका लागि दिवाखाना कार्यक्रम शुरु गरेको छ ।

विपन्न वर्गका विद्यार्थी पढ्ने त्यो विद्यालयमा विद्यार्थी आकर्षण बढाउन र ड्रप आउट घटाउन खाना खुवाउन थालिएको हो ।

बिज्ञापन

विद्यालयमा १२० जना विद्यार्थी रहेकोमा दैनिक ५० जना आउने गरेका थिए । तर, विद्यालयमै खाना खुवाउन थालेपछि विद्यार्थी नियमित हुने अपेक्षा गरिएको छ । आर्थिक अवस्था कमजोर भएका अभिभावकले समेत नानीहरुलाई विद्यालय पठाउन उति ध्यान नदिएपछि विद्यालयले खाना खुवाउने प्रबन्ध गरेको विद्यालयका प्रधानाध्यापक वेदनिधि भट्टराईले बताए । विद्यार्थीलाई शुक्रबारबाट खाना खुवाउन शुरु गरिएको हो ।

उनले भने,‘‘दिवाखानाको लागि महानगरले सहयोग गरेपछि सहज भएको छ । अहिले विद्यार्थीहरुलाई दैनिक विद्यलायमै खाजा खुवाउने व्यवस्था गरेका छौं ।’’ उनले छात्रवृत्ति बापतको रकमबाट विद्यार्थीका लागि विद्यालय पोसाकको प्रबन्ध गरिएको उनले बताए ।

शुक्रबार विद्यालयमा महानगरका शैक्षिक महाशाखा प्रमुख रामप्रसाद ढुगेंलको प्रमुख आतिथ्यका विद्यालयमा आयोजिक एक कार्यक्रममा दिवा खाना खुवाइएको थियो । विद्यालयमा पोषिलो दिवाखाना खुवाउने कार्य शुरु गरेकोमा ढुंगेलले प्रशंसा गरे । कार्यक्रममा स्थानीय अभिभावक, महानगरका प्रतिनिनिध, कर्मचारी, अन्य विद्यालयका शिक्षकलगायत सहभागी थिए ।

लाइन्स क्लब अफ विराटनगर प्रोफेसनल, रोटरी क्लब आफ विराटनगर मिडटाउनको सहयोगमा दिवाखाना कार्यक्रम शुरु गरिएको बताइएको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
Eastern College
aarya
Vianet
DPS
Web Surfer
ACS
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027