Premier Cables
Premier Steel

विज्ञान र प्रविधि

पृथ्वी फर्किए भारतीय अन्तरिक्षयात्री शुभांशु शुक्ला

नोट: यो समाचार ८ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, असार ३२, २०८२  | बिहान ७:४० बजे
Hamro Biratnagar Headlines

अमेरिका। अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) पुगेर नयाँ इतिहास बनाउने प्रथम भारतीय अन्तरिक्षयात्री शुभांशु शुक्ला पृथ्वी फर्किएका छन्।

उनीसहित चार अन्तरिक्षयात्री लिएर आएको एक्सिम-४ मिशन नेपाली समयानुसार क्यालिफोर्नियाको सान डिएगोनजिकै समुद्रमा अवतरण गरेको हो।

बिज्ञापन

एक्सिम-४ मिशनको नेतृत्व नासाका भूतपूर्व वरिष्ठ अन्तरिक्षयात्री पेगी ह्वाइटसनले गरेका थिए। शुक्ला उक्त मिशनका ‘ग्रूप क्याप्टेन’ थिए। उक्त समूहमा पोल्यान्ड र हङ्गेरीका एकएक गरी अरू दुई अन्तरिक्षयात्री थिए।

शुक्ला अन्तरिक्षयात्रा गर्ने दोस्रो भारतीय नागरिक हुन्। एकचालीस वर्षअघि रुसी सोयूज यान चढेर अर्का भारतीय वैज्ञानिक राकेश शर्मा अन्तरिक्षमा गएका थिए।

ह्यूस्टनमा अवस्थित निजी कम्पनी एक्सिम स्पेसले अमेरिकी अन्तरिक्ष निकाय नासा, भारतको इसरो, युरोपको ईएसए र अर्को निजी कम्पनी स्पेसएक्ससँग मिलेर एक्सिअम-४ नामक उक्त व्यावसायिक उडान गरेको थियो।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka