Premier Cables
Premier Steel

अन्तराष्ट्रिय

भारतका शुभांशुसहित चार अन्तरिक्ष यात्री अन्तरिक्ष स्टेशनतर्फ उडे

नोट: यो समाचार ११ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, असार ११, २०८२  | साँझ ५:०३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । भारतका शुभांशु शुक्लासहित चार अन्तरिक्ष यात्री अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा उडेका छन्। अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस)मा बोकेको एक्सियम–४ मिसन बुधबार भारतीय समय अनुसार दिउँसो १२ बजे प्रक्षेपण गरिएको हो।

प्राविधिक त्रुटि र अन्य समस्याका कारण यो मिसन पहिले धेरै पटक स्थगित गरिएको थियो। एक्सियम–४ मिसन एक व्यावसायिक अन्तरिक्ष उडान हो। ह्युस्टनमा आधारित कम्पनी एक्सियम स्पेसले यो मिसन सञ्चालन गरिरहेको छ।

बिज्ञापन

नासाका अनुसार शुभान्शु शुक्लासँगै अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन जानेमा पोल्याण्डका स्लाभोज अजनान्स्की विस्निव्स्की, हंगेरीका टिबोर क्यापु र अमेरिकाकी पेगी ह्विटसन छन्। अन्तरिक्ष यात्रीहरू त्यहाँ दुई हप्ता बस्नेछन्।

यसअघि सन् १९८४ मा रुसी मिसन अन्तर्गत अन्तरिक्षमा जाने पहिलो भारतीय राकेश शर्मा थिए।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa