Premier Cables

विराटनगर

साहित्यकार सिग्देललाई दीनबन्धु–उषादेवी गोयल पुरस्कार

Calendar सोमबार, असार ३०, २०८२  | बिहान १०:२९ बजे

विराटनगर । वरिष्ठ समाजसेवी दीनबन्धु गोयलबाट स्थापित दीनबन्धु–उषादेवी गोयल प्रतिभा पुरस्कार साहित्यकार भुवनहरि सिग्देललाई प्रदान गरिएको छ । समाजसेवी गोयलले प्रतिभा पुरस्कार प्रतिष्ठानमार्फत स्थापना गरेको ५० हजार नगदराशि सहितको पुरस्कार साहित्यकार सिग्देललाई प्रदान गरिएको हो ।

कोशीका प्रदेशप्रमुख परशुराम खापुङ र प्रतिष्ठानका अध्यक्ष कविराज न्यौपानेले सिग्देललाई नगदपुरस्कार, सम्मानपत्र र दोसल्ला प्रदान गर्दै सम्मान गरेका थिए । लामो समयदेखि सामाजिक, शैक्षिक र धार्मिक सेवामा समर्पित गोयलले १५ भन्दा बढी स्थानमा अक्षयकोषको स्थापना गरेर छात्रवृत्ति, पुरस्कार, सेवा र धार्मिक कृत्य सञ्चालन गरिरहेका छन् ।

बिज्ञापन

कार्यक्रममा साहित्यकार सिग्देलले गोयलदम्पतीजस्ता सुपात्रले स्थापना गरेको पुरस्कार प्राप्त गर्दा आफूले भाग्यशाली र गौरवान्वित अनुभव गरेको बताए ।उक्त कार्यक्रममा पोखराका कवि तीर्थ श्रेष्ठलाई प्रतिभा पुरस्कार प्रदान गरिएको थियो ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
Eastern College
aarya
Vianet
DPS
Web Surfer
ACS
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027