Premier Cables
Premier Steel

विराटनगर

विविध सामाजिक कार्य गर्दै मारवाडी युवा मञ्चको साताव्यापी कार्यक्रम सम्पन्न

नोट: यो समाचार ८ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, असार २९, २०८२  | राती ८:४८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । मारवाडी युवा मञ्च विराटनगरको साता व्यापी कार्यक्रम सम्पन्न भएको छ ।
मञ्चका अध्यक्ष मोहित लालवानीको अध्यक्षता एवं युवा सदस्यहरुको उत्साहपूर्ण सहभागितामा कार्यक्रम सम्पन्न भएका हुन ।‌

कार्यक्रम अन्तर्गत पहिलो दिन पूर्वान्चल बाल सेवा अश्रामका बालबालिका लागि भोजन सेवा एवं खाद्तयान्न वितरण गरिएको थियो ।

बिज्ञापन

बाल सेवा आश्रम पुगी युवा मञ्च पदाधिकारी तथा सदस्यहरुले भोजन प्रदान गरेका थिए । यस कार्यक्रम अन्तर्गत युवा मञ्च ले रु ३५०००/- बराबर को सेवा एवं साथ आश्रम लाई प्रदान गरेको बताइएको छ।

दोस्रो कार्यक्रमअन्तर्गत नेपाली सेनाको थलाहा ब्यारेकमा शिवदल आर्मी कर्नेल अरुण गिरीको विशेष उपस्माथितिमा १०१ विभिन्न थरीका बिरुवा रोपिएको थियो । विराटनगरबाट कार्यक्रम स्थलसम्म ‘गो ग्रिन ‘नाराका साथ कार रर्याली आयोजना गरिएको थियो।
कार्यक्रम अन्तर्गत शिक्षा सदन मा.वि स्कुलमा ६ थान पंखासंगै शैक्षिक सामगरि वितरण गरियो । साथै एसईई उतीर्ण गरेका ४ जना छात्रा लाई प्रमाण पत्र हस्तानतरण गरी जनही रु. ११००० सहयोग प्रदान गरियो ।

चौथो दिनको कार्यक्रमअन्तर्गत शपत ग्रहण समारोह सम्पन्न भयो । मञ्चले आफना समाजका विधार्थीका लागि रु.१ बराबर को छात्रवृत्ति कोष खडा गरेको छ । एसाथै नेत्रदान, रक्तदान तथा वृक्षा रोपणका साथ विभिन्न कलात्मक एवं रचनातमक कार्यक्रम गर्ने योजना अगाडि सारिएको छ । शपथ ग्रहण कार्यक्रममा ३ विशेष सम्मान पनि प्रदान गरिएको थियो । श्याम मन्दिरमा योगदानका लागि राकेश बंशल, परमार्थ आरती सेव समितिका सल्लाहकार शंकर खरेल एवं टिमलाई विशेष सम्मान प्रदान गरियो । साथै बालिका नमाया दुगडलाई ८ वर्षको उमेर शमा आफ्नो स्वयंको पोडकास्ट च्यानल चलाएकोमा विशेष सम्मान प्रदान गरिएको छ ।

पाचौं दिनको कार्यक्रम अन्तर्गत मारवाडी समाज ज्येष्ठ नागरिक १०४ वर्षीया श्रीमती दुलारीदेवी अग्रवालको उपस्तिथिमा मानव सेवा आश्रम मा रु. १०० हजार सहयोग गरी मञ्चका सदस्य भोजन सेवामा सहभागी बनेका थिए ।
परमार्थ सिंघीया आरती सेवाका लागि विशेष मञ्चको टिम सहभागी भएको छ। साथै आरती स्थल क्षेत्र मा युवा मञ्चद्वारा वृक्षा रोपण गरिएको छ। आरती सेवा समितिलाई व्यवस्थापनका लागि रु. ११ हजार सहयोग प्रदान गरियो।

युवा मञ्च द्वारा बिहान योगा ट्रेनर रुचिका बैदको विशेष उपस्तिथिमा आमाको माया छात्रावासका विधार्थी शका लागि योग शिविर को आयोजना गरिएको छ।

सातौं तथा समापन कार्यक्रमअन्तर्गत कृष्ण गौशालामा गौ सेवा गरी युवा मञ्चले साता व्यापी कार्यक्रम लाई सम्पन्न गरेको छ। साथै गौशाला मा रु. ५१०० सहयोग प्रदान गरेको छ। युवा मञ्चले गौशाला प्राङ्गणमा प्रथम कार्यसमिती बैठको आयोजना गरी सप्ताह व्यापी सेवा कार्यक्रम सम्पन्न गरेको हो ।

Oplus_16777216

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka