Premier Cables
Premier Steel

विराटनगर

मारवाडी युवा मञ्च विराटनगरद्वारा महिला आर्मी जवानसँग सामूहिक रक्षा बन्धन

नोट: यो समाचार १ वर्ष अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, साउन २५, २०८२  | अपराह्न १:४४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । रक्षाबन्धनको पावन अवसरमा मारवाडी युवा मञ्च विराटनगरले शिवगण, थलाहा ब्यारेकस्थित महिला आर्मी जवानहरूसँग सामूहिक रक्षा बन्धन कार्यक्रम आयोजना गरेको छ।

मञ्चका अध्यक्ष मोहित लालवानीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ४९ जना सदस्यहरूले आर्मी जवानहरूलाई राखी बाँध्दै शुभकामना व्यक्त गरे। कार्यक्रममा नेपाल राष्ट्रिय मारवाडी युवा संगठनका उपाध्यक्ष गोपाल अग्रवाल, आर्मी मेजर अदिती गुरुङ, मञ्चका पूर्व अध्यक्ष राजेश लखोटिया, पूर्व सल्लाहकार बिकाश लालवानीलगायत पदाधिकारी र सदस्यहरूको उपस्थिति रहेको थियो।

बिज्ञापन

मेजर अदिती गुरुङले अध्यक्ष मोहित लालवानीलाई राखी बाँधेर कार्यक्रमको शुभारम्भ गरिन्। उनले यो रक्षा बन्धनको अनुभव विशेष र नौलो भएकोमा खुशी व्यक्त गरिन्।

कार्यक्रम संयोजक पवन पारखले सम्पूर्ण उपस्थितप्रति आभार प्रकट गर्दै रक्षा बन्धनको शुभकामना व्यक्त गरे। महासचिव मधुर दुगडले कार्यक्रम भव्यतसाथ सम्पन्न भएकाे जनाएका छन् ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka