Premier Cables
Premier Steel

विराटनगर

जनार्दन मैनाली पत्रकारिता पुरस्कार पत्रकार सुदीप कोइरालालाई दिइने

नोट: यो समाचार ७ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शनिबार, असार २८, २०८२  | साँझ ७:३१ बजे
Hamro Biratnagar Headlines

विराटनगर। प्रेस चौतारी मोरङले यस वर्षको जनार्दन मैनाली स्मृति पत्रकारिता पुरस्कार पत्रकार सुदीप कोइरालालाई प्रदान गर्ने भएको छ।

प्रेस चौतारी मोरङ जिल्ला समितिको शनिबार विराटनगरमा बसेको बैठकले कोइरालालाई यो पुरस्कार दिने निर्णय गरेको अध्यक्ष चीना थापाले जानकारी दिए।

प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य तथा मोरङ जिल्ला इन्चार्ज सुमन सुस्केराको संयोजकत्वमा गठित तीन सदस्यीय पुरस्कार छनौट समितिले सिफारिस गरेको नामलाई चौतारी जिल्ला कार्यसमिति बैठकले अनुमोदन गरेको हो।

पत्रकार कोइराला कोशी सन्देश डटकम अनलाइनका कार्यकारी सम्पादक हुन्। उनी यसअघि प्रेस चौतारी मोरङका निवर्तमान अध्यक्ष समेत थिए । हाल उनी नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशको कोषाध्यक्ष हुन् । कोइराला डेढ दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

प्रेस चौतारी मोरङका अनुसार, यो पुरस्कार साउनको दोस्रो हप्ता एक कार्यक्रम आयोजना गरी वितरण गरिनेछ।

२०६६ सालमा स्थापित यो पुरस्कार यसअघि पत्रकारहरू दीपेन न्यौपाने, महेन्द्र विष्ट, नरेन्द्रप्रसाद दाहाल, बन्धु पोखरेल, केदार चौहान, ललिता भट्टराई, बिक्रम लुइँटेल, धर्मराज ढकाल, भुपेन्द्र तिम्सिना, गणेश लम्साल, रामचन्द्र अधिकारी, इन्दिरा भट्टराई, कमल पौडेल, जगन्नाथ भट्टराई, तेजेन्द्र भण्डारी र बाबुराम भण्डारीले प्राप्त गरिसकेका छन्।

*** समाप्त ***
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka