Premier Cables
Premier Steel

विराटनगर

सञ्चारकर्मी सञ्चार सहकारीद्वारा विराटनगरका ४ पत्रकार सम्मानित

नोट: यो समाचार ७ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, असार २७, २०८२  | राती ८:२५ बजे
Hamro Biratnagar Headlines

विराटनगर । मोरङका पत्रकारहरूले स्थापना गरेको सञ्चारकर्मी सञ्चार सहकारी संस्था लिमिटेड, विराटनगरले आफ्नो १४ औँ स्थापना दिवसको अवसरमा चार जना पत्रकारलाई पुरस्कृत गरेको छ। प्रत्येक वर्ष स्थापना दिवस पारेर प्रदान गरिने यी पुरस्कारहरू शुक्रबार नेपाल पत्रकार महासंघमा आयोजित एक कार्यक्रममा वितरण गरियो।

सहकारी संस्थाले ५१ हजार रुपैयाँ राशिको ‘तारेन्द्र–इन्दिरा प्रेस स्वतन्त्रता पुरस्कार’ बाट सुभाष ढकाललाई सम्मान गरेको छ। त्यसैगरी, ५१ हजार रुपैयाँकै ‘ओमप्रकाश गोयल आर्थिक पत्रकारिता पुरस्कार’ बन्धु पोखरेललाई, २१ हजार रुपैयाँको ‘मेम्बर चन्द्रलाल–दुर्गादेवी दाहाल सञ्चार श्रमजीवी पुरस्कार’ अनिल श्रेष्ठलाई, र १० हजार रुपैयाँको ‘मीनादेवी श्रेष्ठ महिला प्रोत्साहन पुरस्कार’ निशा दाहाललाई प्रदान गरियो।

पुरस्कृत पत्रकारहरूलाई उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश राजनप्रसाद भट्टराईले पुरस्कार वितरण गरे । कार्यक्रममा मुख्य न्यायाधीश भट्टराईले राष्ट्रको चौथो अंगका रूपमा पत्रकारले सत्यताका आधारमा कलम चलाउनुपर्नेमा जोड दिए । मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले पत्रकारिता क्षेत्रमा उत्कृष्ट कार्य गर्ने सञ्चारकर्मीहरू सम्मानित भएकोमा बधाई दिए ।

कार्यक्रममा मुख्यमन्त्री कार्यालयका सचिव एकदेव अधिकारी, सहकारीका अध्यक्ष दीपक दाहाल, नेपाल पत्रकार महासंघ कोशी प्रदेशकी महासचिव हेमा चेम्जोङ, मोरङ अध्यक्ष सुशीला पाठक, तथा सम्मानित पत्रकारहरू सुभाष ढकाल र डिल्ली पोखरेलले सञ्चारकर्मीले आ-आफ्नो क्षेत्रमा मर्यादित भएर काम गर्नुपर्नेमा जोड दिएका थिए। विक्रम संवत २०६९ सालमा स्थापित यस सहकारीमा मोरङमा क्रियाशील १ सय २१ जना सञ्चारकर्मीहरू सदस्य छन्।

*** समाप्त ***
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka