Premier Cables
Premier Steel

विराटनगर

विराटनगरमा कोरोना खोप शुक्रबार (आज) पनि लगाउन मिल्ने

नोट: यो समाचार ३ महिना अघिको हो

Calendar शुक्रबार, असार २७, २०८२  | बिहान ११:३४ बजे

विराटनगर । विराटनगर महानगरपालिकाले कोरोनाविरुद्धको खोप लगाउने म्याद एक दिन थप गरेको छ । कोरोनाको नयाँ भेरियन्ट संक्रमण देखा परेपछि बुधबारबाट खोप लगाउन थालिएको हो ।

महानगरले पहिलो चरणमा ५५ वर्षमाथिका नागरिक तथा जोखिममा रहेका व्यक्तिहरू खोप लगाउन पालो दिएको छ । स्वास्थ्य महाशाखाले जनाएअनुसार हालसम्म ३०० जनाले कोरोना खोप लगाई सकेका छन् । महानगरमा पहिलो मापदण्डका ३ हजार सर्वसाधारणलाई खोप लगाउने तथ्यांक रहेको महाशाखाले जनाएको छ । आज शुक्रबार पनि खोप अभियान जारी रहने छ ।

बिज्ञापन

स्वास्थ्य महाशाखाका प्रमुख डा. दिलीप यादवले भने,‘‘हामीले फाइजर खोपको एक डोज दिँदै आएका छौं । यो विश्वमै सबैभन्दा बढी प्रभावकारी पनि मानिएको छ ।’’ पछिल्लो पटक विराटनगरका ५ जनामा नयाँ भेरियन्टको संक्रमण पुष्टि भएकोले खोप अभियान चलाउनु परेको यादवले बताए । महाशाखाले सबै १९ वटै वडामा खोप उपलब्ध गराएको र स्वास्थ्य चौकीमा गई लगाउन सकिने जनाएको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Rathi Cable
Bagmati homepage
Hamrobiratnagar
Pigeon Advertising
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka