






नयाँदिल्ली । भारतमा कोरोना सङ्क्रमितको ग्राफ निकै उकालो लागेको छ । संक्रिमितको सङ्ख्या दिनानुदिन बढ्दै जाँदा मृत्यु हुनेको संख्यामा पनि बढोत्तरी भएको छ । यसको फैलावटका कारण सरकारले अधिक स्वास्थ्य सावधानी अपनाउन आग्रह गरेको छ । यसको असर नेपालमा समेत पर्न शुरु भई सकेको छ ।
भारतबाट आउनेहरुमा कोरोना पुष्टि भएसँगै सुदूरपश्चिमका संक्रमितलाई निगरानीमा राखिएको छ । नाकाहरुमा स्वास्थ्य परीक्षण गर्न शुरु गरिएको छ । सरकारले सावधानी अपनाउन नेपालीलाई पनि आह्वान गरेको छ । कतिपयलाई काठमाडौस्थित टेकु अस्पतालमा उपचार र निगरानीमा राखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
भारतमा ९ दिनमा मात्रै ५८ जनाको मृत्यु भएको छ । पछिल्ला दुई हप्तामा २३ गुणा बढी सङ्क्रमित थपिएका छन् ।
पछिल्लो २४ घण्टामा देशमा कोभिडका ३ सय ७८ नयाँ सङ्क्रमित थपिएका छन् भने सक्रिय सङ्क्रमितको कुल सङ्ख्या ६ हजार नाघेको छ भने पछिल्लो २४ घण्टामा कोभिडका कारण ६ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य मन्त्रालयको वेबसाइटमा उपलब्ध तथ्याङ्क अनुसार कोरोनाबाट सबैभन्दा बढी प्रभावित राज्य केरला हो । केरलापछि गुजरात, पश्चिम बङ्गाल र दिल्लीमा थप कोभिडका नयाँ केसहरू रिपोर्ट गरिएको छ। तर, विज्ञहरूका अनुसार कोभिडको नयाँ संस्करण खतरनाक भने होइन ।
पछिल्लो ४८ घण्टाको कुरा गर्ने हो भने देशमा कोभिडका ७ सय ६९ बिरामी बढेका छन् । यी सबै केसहरू एकदम हल्का हुन्छन् र बिरामी घरको हेरचाहमा निको हुन सक्छन्। स्वास्थ्य मन्त्रालयका अनुसार अरुणाचल प्रदेश र मिजोरममा मात्र कोभिडको सक्रिय केस छैन।
गत २२ मे मा भारतमा जम्मा २५७ सक्रिय केसहरू मात्रै थिए तर लगातार केस बढ्दै गएपछि हालसम्म सङ्ख्या ६ हजार १३३ नाघेको छ। केन्द्र सरकारले राज्यहरूलाई अक्सिजन, आइसोलेसन बेड, भेन्टिलेटर र अत्यावश्यक औषधिको उपलब्धता सुनिश्चित गर्न भनेको छ ।