Premier Cables
Premier Steel

विज्ञान र प्रविधि

आईएसएसमा स्वेटरमै देखिए भारतीय अन्तरिक्ष यात्री शुभांशु शुक्ला

नोट: यो समाचार ८ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, असार २३, २०८२  | साँझ ६:५३ बजे
Hamro Biratnagar Headlines

नयाँ दिल्ली । भारतीय वायुसेनाका ग्रुप क्याप्टेन शुभांशु शुक्ला अहिले अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस) मा सवार छन्।

उनी भारतीय शैलीमै आईएसएसमा भित्र पनि स्वेटर लगाएरै विभिन्न अनुसन्धानमा संलग्न छन् । उनले खिचेका केही तस्बिरहरु भारतीय संचारमाध्यमका वेभ पोर्टलहरुले सार्वजनिक गरेका छन् । स्वेटरमा निकै हसिँलो मुहारमा उनले तस्बिर खिचाएका छन् । ती तस्बिरहरु अहिले सामाजिक सञ्जालमा निकै भाइरल छन् ।

बिज्ञापन

उनी भारतीय मानव अन्तरिक्ष उडान कार्यक्रमअन्तर्गत अन्तरिक्ष पुगेका पहिलो यात्री तथा राकेश शर्मापछि अन्तरिक्ष पुग्ने दोस्रो भारतीय नागरिक बनेका छन्।

शुक्ला हाल अमेरिकाको एक्सिओम मिसन–४ अन्तरिक्ष अभियानमा सहभागी छन्। उनी अन्तरिक्षमा सबैभन्दा लामो समय बिताउने भारतीय बन्न सफल भएका छन्। भारतीय सरकारद्वारा २०२५ मा भुक्तानी गरिएको यो यात्राको अनुमानित लागत ६० मिलियन अमेरिकी डलर (करिब ५०० करोड रुपैयाँ) रहेको बताइएको छ।

उत्तर प्रदेशको लखनऊ निवासी शुभांशु शुक्ला तीन दाजुभाइमध्ये कान्छा हुन्। उनका पिता शम्भु दयाल शुक्ला एक सेवानिवृत्त सरकारी कर्मचारी हुन् भने आमा आशा शुक्ला गृहिणी हुन्। उनले लखनऊको सिटी मोन्टेसरी स्कूलबाट अध्ययन गरेका थिए।

१९९९ को कारगिल युद्धबाट प्रेरित भएर उनले राष्ट्रिय रक्षा प्रतिष्ठान (एनडीए) को परीक्षा दिएर उत्तीर्ण गरे। २००५ मा उनले कम्प्युटर विज्ञानमा स्नातक उपाधि हासिल गरे।

त्यसपछि उनी वायुसेनाको उडान शाखामा चयन भए र इन्डियन एयर फोर्स एकेडेमी मा प्रशिक्षण प्राप्त गरे। जून २००६ मा उनलाई भारतीय वायुसेनाको फाइटर स्ट्रिममा फ्लाइङ अफिसर को रूपमा नियुक्त गरिएको थियो।

शुक्ला एक अनुभवी युद्ध पाइलट तथा परीक्षण पाइलट हुन्। उनले २००० घण्टाभन्दा बढी उडान अनुभव संगालेका छन्

उनी वायुसेनाभित्र “शक्स ” उपनामले पनि चिनिन्छन्। शुक्लाले अन्तरिक्ष यात्रामा गरेको योगदानले भारतलाई मानव अन्तरिक्ष अभियानमा अर्को महत्त्वपूर्ण उचाइमा पुर्‍याएको छ। उनी अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस) पुग्ने पहिलो भारतीय बन्दा भारतको वैज्ञानिक र प्रविधि क्षमताको सशक्त पहिचान बनेका छन्।

भारतको अन्तरिक्ष इतिहासमा यो यात्रा राकेश शर्माको १९८४ को उडानपछि अर्को ठूलो उपलब्धिको रूपमा लिइएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka