Premier Cables
Premier Steel

मनोरञ्जन

महाराष्ट्रमा मराठी भाषा विवादबारे के भनिन् कंगना रनौतले ?

नोट: यो समाचार ८ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, असार २३, २०८२  | साँझ ६:३४ बजे
Hamro Biratnagar Headlines

नयाँदिल्ली । महाराष्ट्रमा मराठी भाषासम्बन्धी जारी विवादको बीचमा अभिनेत्री तथा सांसद कंगना रनौतले देशको एकता जोगाउनु आवश्यक रहेको बताएकी छन्।

हिमाञ्चल प्रदेशको मण्डी क्षेत्रबाट निर्वाचित भारतीय जनता पार्टी (बीजेपी) सांसद रनौतले एनडीटिभीसँग कुरा गर्दै भनिन्, “हामीले देशलाई विभाजनतर्फ लैजाने कुनै पनि गतिविधिबाट टाढा रहनुपर्छ। हाम्रो देशका मानिसहरू एकअर्कासँग विभिन्न तरिकाले जोडिन प्रयास गरिरहेका छन्, यस्ता घटनाले तिनीहरूको प्रयासमा अवरोध पुर्‍याउँछ।”

बिज्ञापन

उनले थप भनिन्, “देशमा एकताको भावना जोगाउनु आवश्यक छ। भाषाको नाममा मानिसहरूलाई विभाजन गर्नु हुँदैन।” कंगनाले यो भनाइ मुम्बईमा हालै देखिएको हिन्दी बनाम मराठी विवादसँग सम्बन्धित घटनाको सन्दर्भमा दिएकी हुन्।

उक्त विवाद महाराष्ट्र नवनिर्माण सेना (एमएनएस) का कार्यकर्ताहरूले एक पसल मालिकमाथि मराठी नबोलेको भन्दै कुटपिट गर्नुका साथै एक व्यापारीको कार्यालय तोडफोड गर्न खोजेको आरोपसँग सम्बन्धित छ।

एमएनएस कार्यकर्ताहरूले उक्त पसल मालिकलाई भनेका थिए, “यदि तिमी मराठी बोल्दैनौ भने महाराष्ट्रमा बस्न पाइँदैन। यदि मराठीमा बोलेनौ भने हामी सबैलाई कुट्छौं, पसल तोडफोड र जलाइदिन्छौं।”

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka