Premier Cables
Premier Steel

समाचार

११ दिनअघि औषधि किन्न निस्किएका थिए जीवन, तर घर फर्किएनन् !

नोट: यो समाचार १ वर्ष अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, असार २३, २०८२  | बिहान १०:१३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

बिर्तामोड । झापाको शिवसताक्षी नगरपालिका–९, नहरचोकका ५९ वर्षीय जीवन न्यौपाने ११ दिनदेखि बेपत्ता छन्।

असार १३ गते शुक्रबार बिहान “औषधि किन्न जान्छु” भन्दै घरबाट निस्किएका उनी त्यसयता सम्पर्कविहीन भएका हुन्। परिवारका अनुसार न्यौपाने बिहान ८ बजे बिर्तामोडस्थित नीलकण्ठ डायग्नोस्टिक सेन्टरमा फलोअप चेकजाँच र औषधि खरिद गर्न निस्किएका थिए। तर, उनले आफ्नो मोबाइल फोन र पर्स घरमै छाडेका थिए, जसले परिवारमा थप आशंका जन्माएको छ।

बिज्ञापन

“मोबाइल र पर्स घरमै छोडेर हिँड्नु सामान्य कुरा होइन,” न्यौपानेकी बुहारी सबु दाहाल न्यौपानेले भनिन्, “हामी अनुमान गरिरहेका छौँ, बाबा पूर्व योजना अनुसारै बेपत्ता हुनुभएको हो।”

न्यौपानेलाई शिवसताक्षीको दुधे बजारबाट पश्चिमतर्फ गाडी चढेर दमक गएको सीसीटीभी फुटेजमा देखिएको छ। त्यसपछि उनी उदयपुरको कटारीतर्फ जाने बसमा चढेको अर्को फुटेज भेटिएको छ। तर, कटारी पुगेपछि उनीबारे कुनै जानकारी भेटिएको छैन।

परिवारले इलाका प्रहरी कार्यालय झिलझिलेसहित विभिन्न सरकारी निकायमा उनको खोजीका लागि निवेदन दिएका छन्। साथै, सिसीटीभी फुटेजका आधारमा खोटाङ र उदयपुर आसपासका सम्भावित स्थानमा आफन्त र चिनजानका व्यक्तिहरूलाई परिचालन गरिएको छ।

“बुबा जहाँ हुनुहुन्छ, कृपया एकचोटि सम्पर्कमा आइदिनुहोस्। हामी सबै अत्यन्तै चिन्तित छौँ,” बुहारी सबुले सञ्चारकर्मीमार्फत आग्रह गरेकी छन्।

न्यौपाने सामान्य जीवनशैली अपनाउने व्यक्ति हुन्। उनी श्रीमती सरला न्यौपानेसँग घरमै बस्दै आएका थिए। उनका दुई छोरामध्ये जेठो छोरा दुबई र कान्छो दक्षिण कोरियामा वैदेशिक रोजगारीमा छन्। बुहारी सबु दमकमा छोरीको पढाइका लागि बस्छिन्।

परिवारले न्यौपानेको बेपत्तामा आर्थिक पक्ष जोडिएको हुनसक्ने आशंका पनि गरेको छ। जानकारी अनुसार, उनले दुधे बजारस्थित एक सुनचाँदी पसलमा २२ लाख रुपैयाँ लगानी गरेका थिए, जुन ब्याजसहित ३५ लाख रुपैयाँभन्दा बढी भएको बताइएको छ। तर, पैसा फिर्ता माग्दा पसल सञ्चालकले दिन नसकेको र हाल पसल बन्द रहेको परिवारको दाबी छ।

“बाबाको एउटै चिन्ता थियो— आफ्नो रगतपसिनाले कमाएको पैसा डुब्यो कि भन्ने,” बुहारी सबुले भनिन्, “पसलको अवस्था पनि अहिले डामाडोल छ।”

११ दिनसम्म पनि कुनै पत्तो नलागेपछि परिवारले स्थानीय प्रशासन, मानव अधिकारकर्मी र सञ्चारकर्मीहरूलाई खोजीमा सहयोग गर्न अपिल गरेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa