Premier Cables
Premier Steel

समाचार

रोपियो तुलसी, चतुर्मास आरम्भ

नोट: यो समाचार ८ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, असार २२, २०८२  | बिहान ७:३७ बजे
Hamro Biratnagar Headlines

काठमाडौं । आज आषाढ शुक्ल एकादशीका दिनदेखि सनातन धर्मावलम्बीहरूले तुलसीको मोठमा विशेष पूजा सुरु गरेका छन्। हरिशयनी एकादशीका रूपमा चिनिने आजको दिनबाट भगवान् विष्णु क्षीरसागरमा शयन गर्न थाल्नुहुने विश्वास रहेको छ। यही दिनदेखि चतुर्मास सुरु हुने धर्मशास्त्रमा उल्लेख छ।

सामान्यतः एक महिना अघि, ज्येष्ठ शुक्ल एकादशीमा तुलसीको बिरुवा रोपिएपछि आज अर्थात् हरिशयनी एकादशीमा ती बिरुवाहरू विशेष विधिपूर्वक तुलसीको मोठमा सारिन्छन्। त्यसपछि कात्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीसम्म घरघरमा तुलसीको पूजाआजा गरिन्छ।

धार्मिक विश्वास अनुसार तुलसीलाई भगवान् विष्णुको प्रतीक मानिन्छ। चार महिनाको यो अवधिलाई चतुर्मास भनिन्छ। यस अवधिमा धेरै भक्तजनले आठवटा प्रमुख एकादशीमा व्रत बस्ने गर्दछन्। केहीले सबै २४ एकादशीमा व्रत बस्छन् भने समय अभाव वा स्वास्थ्य कारणले नसक्नेले मुख्य दुई—हरिशयनी र हरिबोधिनी एकादशी—मा व्रत बस्ने चलन छ।

विज्ञानले समेत तुलसीको महत्व पुष्टि गरेको छ। तुलसीले वायुमण्डलमा अक्सिजनको मात्रा बढाउने, रोग सार्ने कीटाणु नष्ट गर्ने र शुद्ध हावा प्रवाह गराउने गुण भएको प्रमाणित भइसकेको छ। साथै, वास्तु दोष भएका स्थानमा तुलसी रोप्दा सकारात्मक ऊर्जा प्रवाह हुने विश्वास छ।

यसरी धार्मिक, सांस्कृतिक र वैज्ञानिक दृष्टिले महत्वपूर्ण रहेको तुलसीको पूजाको सुरुवात आजबाट भव्य रूपमा सुरु गरिएको छ।

*** समाप्त ***
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka