Premier Cables
Premier Steel

अपराध विराटनगर

विराटनगरमा ‘प्रहरी हौं’ भन्दै लुटपाट गर्नेमा वाईसिएल कार्यकर्ता पनि

नोट: यो समाचार ८ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, असार १९, २०८२  | अपराह्न १:३० बजे
Hamro Biratnagar Headlines

विराटनगर । विराटनगरमा केही समययता हुने गरेका लुटपाटको घटनामा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सम्बद्ध योङ कम्युनिष्ट लिग (वाईसीएल) का पूर्वसदस्य समेत पक्राउ परेका छन् । राजनीतिक पृष्ठभूमि भएका कुशल पाण्डे यसअघिका विभिन्न आपराधिक घटनामा समेत मुछिने गरेको प्रहरीले जनाएको छ ।

विराटनगर–११ का २६ वर्षीय पाण्डेलाई मोरङ प्रहरीले बुधबार पक्राउ गरेको हो। प्रहरीले उनको विरुद्ध शरीर बन्धक बनाई डाँका गरेको अभियोगमा मुद्दा दर्ता गर्ने तयारी गरेको छ।

बिज्ञापन

यस घटनामा संलग्न अन्य दुई जना समीर हुसेन र आशिव अन्सारीलाई प्रहरीले आइतबार नै पक्राउ परेका थिए । पाण्डे भने फरार थिए । हुसेन विराटनगर–८ र अन्सारी विराटनगर–६ निवासी हुन्।

असार ११ गते बिहान ११:१५ बजे आफूलाई प्रहरी बताउने समूहले विराटनगर–१५ का २० वर्षीय विक्रमकुमार साह तेलीलाई अपहरण गरेको थियो । उनको साथबाट नगद रकम लुटपाट गरेको थियो । पीडित साह महतो टोल विराटनगर–१३ बाट बैंकमा ३ लाख ६४ हजार रुपैयाँ जम्मा गर्न जाँदै थिए । आफ्ना भिनाजु धर्मानन्द साहले दिएको रकम लिएर आउँदै गर्दा लुटपाटमा परेका थिए ।

उनलाई विराटनगर आँखा अस्पताल नजिकबाट पाण्डेसहितले विराटनगर–१४ जतुवामा पुर्‍याई एकान्तमा लगेर प्रहरी हौं भन्दै रकम लुटेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

पीडित विक्रमले प्रहरीमा जाहेरी दिएपछि अनुसन्धान थालिएको हो। घटनामा प्रयोग गरिएको को १४ प ३३३० नम्बरको स्कुटर पनि प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी नारायणप्रसाद चिमरियाका अनुसार अपहरण र डकैतीजस्तो गम्भीर घटनामा विभिन्न कोणबाट अनुसन्धान भइरहेको छ।

वाईसिएल कार्यकर्ता भनिएका पाण्डेको घटनामा संलग्ना देखिएको प्रहरीले जनाएको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka