Premier Cables
Premier Steel

विराटनगर

एभरेष्ट कलेजमा कक्षा ११ भर्नाका लागि ५१७ जना विद्यार्थीको प्रवेश परीक्षा

नोट: यो समाचार ११ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, असार १८, २०८२  | साँझ ४:४६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर: एभरेष्ट कलेजमा कक्षा ११ भर्नाका लागि ५१७ जना विद्यार्थीको प्रवेश परीक्षा

विराटनगर–५ मा अवस्थित एभरेष्ट कलेजमा कक्षा ११ मा भर्ना हुने उद्देश्यले आज ५१७ जना विद्यार्थीले प्रवेश परीक्षा दिएका छन्। कलेजले सीमित सिटमा मात्र भर्ना लिने नीति अनुसार विज्ञान र व्यवस्थापन संकायका लागि परीक्षा लिएको हो।

बिज्ञापन

कलेजका अनुसार विज्ञान संकायमा चार सेक्सनमार्फत १४० जना र व्यवस्थापन संकायमा तीन सेक्सनका लागि १०५ जना विद्यार्थी मात्र भर्ना गरिनेछ। प्रवेश परीक्षामा ४.० जीपीए ल्याएका प्रेम खतिवडा, कृति गोयल, श्रेय शर्मा, संयोग भट्टराई र अर्पण रोय लगायतका विद्यार्थी सहभागी भएका छन्।

एभरेष्ट कलेजले प्रत्येक कक्षा कोठामा अधिकतम ३५ जना विद्यार्थीलाई मात्र अध्यापन गराउँदै आएको छ। कक्षाहरू पूर्ण वातानुकूलित, डिजिटल प्रणालीले सुसज्जित र अन्तर्राष्ट्रिय मापदण्डअनुसार तयार पारिएको कलेजको भनाइ छ। प्रविधिको उच्चतम प्रयोग, अनुभवी शिक्षक, सुविधासम्पन्न भौतिक पूर्वाधार, अन्तर्राष्ट्रियस्तरको शैक्षिक वातावरण तथा पर्याप्त खेलकुद र अतिरिक्त क्रियाकलापले विद्यार्थी र अभिभावकको आकर्षण बढाएको छ।

कलेजका प्रिन्सिपल टिकाराम पुरीका अनुसार, “हामी विद्यार्थीको संख्यामा होइन, गुणस्तरमा ध्यान दिन्छौं। हाम्रो कोटा अनुसार मात्र विद्यार्थी भर्ना लिन्छौं।”

यसै शैक्षिक सत्रदेखि एभरेष्टले विद्यार्थीलाई युग सापेक्ष शिक्षामा जोड दिँदै कृत्रिम बौद्धिकता (AI), साइबर सुरक्षा जस्ता विषयका कक्षा सञ्चालन गर्ने तयारी गरेको छ। विद्यार्थीको निरन्तर शैक्षिक प्रगति सुनिश्चित गर्न ‘माई सेकेण्ड टिचर’ एपको प्रयोग समेत गरिएको छ। उक्त एपबाट विद्यार्थीले कक्षा कोठामा सिकेका विषयहरू मोबाइल वा अन्य उपकरणबाट दोहोर्याएर अध्ययन गर्न सक्नेछन्। यसले ग्याजेटको सकारात्मक प्रयोगका लागि समेत विद्यार्थीलाई प्रेरित गर्ने कलेजको भनाइ छ।

त्यसैगरी, मेडिकल र इन्जिनियरिङ अध्ययनमा रुचि राख्ने विद्यार्थीका लागि एभरेष्टले ‘प्रि–मेडिकल’ र ‘प्रि–इन्जिनियरिङ’ कक्षाहरू सञ्चालन गर्दै आएको छ। यी कक्षाहरू काठमाडौंका ख्यातिप्राप्त संस्थाहरू — नेम र पीईए — सँगको सहकार्यमा सञ्चालन भइरहेको कलेजले जनाएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa