Premier Cables
Premier Steel

अन्तराष्ट्रिय

अमेरिकी हमलाबाट नष्ट भएन् इरानको परमाणु केन्द्र !

नोट: यो समाचार ९ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, असार ११, २०८२  | बिहान ९:५० बजे
Hamro Biratnagar Headlines

काठमाडौं । अमेरिकी हमलाबाट इरानको परमाणु कार्यक्रम पूर्ण रूपमा ध्वस्त हुन नसकेको गोप्य रिपोर्ट सार्वजनिक भएको छ। सीएनएनले पेन्टागनको प्रारम्भिक गुप्त प्रतिवेदनलाई उद्धृत गर्दै यस्तो दाबी गरेको हो।

गत शनिबार इजरायल–इरान युद्धको बीच अमेरिकाले इरानका फोर्दो, नताञ्ज र इस्फाहानस्थित प्रमुख परमाणु केन्द्रहरूमा ‘बंकर–बस्टर’ बम हमला गरेको थियो। भूमिगत संरचना नष्ट गर्न प्रयोग गरिने जीबीयू–५७ बमहरूले फोर्दो साइटमा गहिरा खाडलहरू सिर्जना गरे पनि मुख्य संरचना कति क्षतिग्रस्त भए भन्ने अझै स्पष्ट छैन।

बिज्ञापन

पेन्टागनको गुप्तचर निकाय डिफेन्स इंटेलिजेन्स एजेन्सी (DIA) का स्रोतहरूले हमलाबाट इरानको युरेनियम भण्डार पूर्ण रूपमा ध्वस्त पार्न नसकेको बताएका छन्। उनीहरूका अनुसार आक्रमणले इरानको परमाणु कार्यक्रम केही महिनामात्रै पछि धकेलिएको छ, र केन्द्रहरू चाँडै पुनःसञ्चालनमा ल्याउन सकिने सम्भावना छ।

रिपोर्ट अनुसार हमलाअघि नै इरानले संवर्धित युरेनियमको केही भाग अन्यत्र सारिसकेको थियो। साथै, इरानी सरकारी टेलिभिजनले पनि ती केन्द्रहरू आक्रमणअघि नै खाली गरिसकिएको दाबी गरेको छ।

यद्यपि अमेरिकी सेनाका शीर्ष अधिकारी जनरल ड्यान केनले भने तीनवटै केन्द्रमा गम्भीर क्षति पुगेको बताएका छन्।

यस बिचमा, ह्वाइट हाउसले रिपोर्टको खण्डन गर्दै यसलाई राष्ट्रपति डोनाल्ड ट्रम्पलाई होच्याउने प्रयत्नको संज्ञा दिएको छ। ट्रम्पले रिपोर्टलाई “फेक न्युज” भन्दै खारेज गरेका छन्।

सीएनएनले पेन्टागनको प्रारम्भिक रिपोर्टको आधारमा रिपोर्टिङ गरेको भए पनि अन्तिम निष्कर्ष अझ आउन बाँकी रहेको जनाइएको छ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka