Premier Cables
Premier Steel

अन्तराष्ट्रिय

इरानको तीनबुँदे प्रस्ताव ट्रम्पद्वारा अस्वीकार, तनाव झन् बढ्ने संकेत

नोट: यो समाचार १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, बैशाख १७, २०८३  | बिहान ९:४१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इरानले अघि सारेको नयाँ तीनबुँदे प्रस्तावप्रति असन्तुष्ट देखिएका छन्। इरानले आणविक कार्यक्रमसम्बन्धी वार्तालाई पछि सार्न खोजेपछि ट्रम्प प्रशासनले उक्त प्रस्ताव अस्वीकार गरेको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन्।

अमेरिकाका लागि इरानको आणविक कार्यक्रम नै सबैभन्दा प्राथमिक मुद्दा भएकाले त्यसलाई पछि सार्ने प्रस्ताव स्वीकार्य नभएको बताइएको छ। ‘रोयटर्स’का अनुसार ट्रम्पले आफ्ना सल्लाहकारहरूसँगको बैठकमा इरानका सर्तहरू खारेज गरेका हुन्।

बिज्ञापन

इरानको प्रस्तावमा युद्ध अन्त्य, नाकाबन्दी हटाउने र परमाणु वार्तासम्बन्धी विषय समावेश थिए। अमेरिका–इजरायलले इरानमाथिको युद्ध रोक्ने, भविष्यमा हमला नगर्ने ग्यारेन्टी दिने, अमेरिकी नौसैनिक नाकाबन्दी हटाउने तथा होर्मुजसहित प्रमुख ढुवानी मार्ग खुला गर्ने प्रस्ताव गरिएको थियो।

त्यसपछि मात्रै इरानको आणविक कार्यक्रम, युरेनियम संवर्धन अधिकारलगायत विवादास्पद विषयमा छलफल गर्ने योजना थियो।

तर ट्रम्प प्रशासनले कुनै पनि स्थायी सम्झौताको केन्द्रमा आणविक मुद्दा हुनुपर्ने अडान राखेको छ। एक अमेरिकी अधिकारीका अनुसार ट्रम्पले सुरुदेखि नै आणविक मामिला टुंगो लगाउनुपर्ने बताएका छन्।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले पनि इरानलाई आणविक हतियार निर्माणबाट पूर्ण रूपमा रोक्ने सम्झौता मात्रै स्वीकार्य हुने स्पष्ट पारेका छन्।

यस गतिरोधले पश्चिम एसियामा शान्ति प्रयास कमजोर बनेको विश्लेषण गरिएको छ। इस्लामाबादमा तय गरिएको प्रस्तावित वार्ता रद्द भएको छ भने खाडी क्षेत्रमा बढ्दो तनावका कारण विश्व बजार प्रभावित भएको छ। ब्रेन्ट क्रुड तेलको मूल्य तीव्र रूपमा बढेको बताइएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka