Premier Cables
Premier Steel

विराटनगर

तेरापंथ युवक परिषद् विराटनगरको सपथग्रहण सम्पन्न

नोट: यो समाचार ८ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, असार ०९, २०८२  | बिहान १०:१८ बजे
Hamro Biratnagar Headlines

विराटनगर । तेरापंथ युवक परिषद विराटनगरको नयाँ कार्यसमितिको सपथग्रहण सम्पन्न भएको छ ।

सन् २०२५/२६ को कार्यसमितिका अध्यक्ष अरिहंत बैदले शपथ लिएर आफ्ना कार्यकारिणी सदस्यहरूलाई शपथ गराए।
यस विशेष अवसरमा समाजका विभिन्न क्षेत्रका सामाजिक व्यक्तित्वहरूको पस्थिति रहेको थियो।

जैन धर्मगुरु आचार्य श्री महाश्रमणकी सुशिष्या समणी निर्देशिका विपुल प्रज्ञा र समणी आदर्श प्रज्ञाको सान्निध्य र आतिथ्यमा कार्यक्रम आयोजना गरिएको थियो। उहाँहरूको पावन प्रेरणाले कार्यक्रममा विशेष ऊर्जा र उत्साहको संचार भएको अध्यक्ष बैदले बताए ।

कार्यक्रममा अखिल भारतीय तेरापंथ युवक परिषद्का महामन्त्री अमित नाहटा विशेष रूपमा उपस्थित थिए ।‌उनले नव-निर्वाचित समितिलाई शुभकामना दिँदै संगठनात्मक विकासका लागि सुझावहरु दिए ।‌

त्यसैगरी, अखिल भारतीय तेरापंथ महिला मण्डलकी अध्यक्ष श्रीमती सरिता डागाले पनि समारोहको गरिमा बढाउँदै युवाशक्तिको भूमिकामा प्रकाश पारिन ।

अखिल भारतीय तेयुपका कार्यकारिणी सदस्य तथा तेयुप विराटनगरका प्रभारी वीरेन्द्र संचेतीले पनि नवगठित कार्यसमितिलाई शुभकामना दिए ।

यस अवसरमा तेरापंथ युवक परिषद् विराटनगरका निवर्तमान अध्यक्ष पवन बोथराले नव निर्वाचित कार्यसमितिलाई हार्दिक शुभकामना  दिए ।‌

तेरापंथ सभा विराटनगरका अध्यक्ष सतीश दुगड़ले नयाँ नेतृत्वलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै समाजको एकता, संस्कार र सेवा भावलाई अझ सशक्त बनाउने आग्रह गरे ।

मन्तव्य तेरापन्थ युवक परिषद् विराटनगरका उपाध्यक्ष अमितजी धाडेवाले गर्नु अतिथि तथा सहभागीलाई धन्यवाद ज्ञापन गरे ।
कार्यक्रमको सञ्चालन तेरापंथ युवक परिषद्, विराटनगरका महासचिव समित सुराणाले गरेका थिए ।‌

यस आयोजनाको सफलतामा तेरापंथ समाजका सबै वर्ग, विशेषगरी युवक मण्डलको उपस्थिति र सहयोग उल्लेखनीय रहेको सुराणाको भनाइ थियो ।‌

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
पिन गरिएको समाचार
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka