Premier Cables
Premier Steel

मौसम

झन् सक्रिय भयो मनसुन, पश्चिमी भेगमा बढी प्रभाव

नोट: यो समाचार ९ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, असार ०५, २०८२  | बिहान ७:१६ बजे
Hamro Biratnagar Headlines

काठमाडौँ । देशका विभिन्न भागहरूमा रातिदेखि नै जारी वर्षासँगै मनसुन सक्रिय बन्दै गएको छ। पछिल्लो तीन घण्टामा सबैभन्दा धेरै वर्षा बाँकेमा ४७।२ मिलिमिटर मापन गरिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी केही घण्टा देशभर वर्षा यथावत् रहनेछ।

महाशाखाले दिएको पछिल्लो जानकारीअनुसार, आज दिउँसो देशका सबै प्रदेशका केही ठाउँहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्नेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भने ठूलो पानी पर्ने सम्भावना छ।

बिज्ञापन

यसैबीच जल तथा मौसम विज्ञान विभागले सिन्धुपाल्चोक आसपासका नदी प्रणाली, विशेषगरी भोटेकोशी जलाधार क्षेत्रमा बाढीको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ।

विभागले एक विज्ञप्ति जारी गर्दै असार ३ देखि ७ गतेसम्म चीनको तिब्बत क्षेत्रमा पर्ने भोटेकोशी नदीको जलाधार क्षेत्रमा अत्यधिक वर्षाको सम्भावना रहेको उल्लेख गरेको छ।

चीनको प्रहरी कार्यालयमार्फत प्राप्त सूचना अनुसार तिब्बत क्षेत्रमा भारी वर्षा हुने सम्भावना उच्च भएकाले त्यसको प्रभाव नेपाल भित्रिने नदी प्रणालीमा समेत पर्ने जोखिम रहेको विभागको भनाइ छ।

यद्यपि विभागले अहिलेको भूउपग्रह चित्र र मौसम विश्लेषणका आधारमा मनसुन सक्रिय भए पनि पूर्णरूपमा बलियो नभएको र हल्कादेखि मध्यम वर्षा हुने अवस्था रहेको जनाएको छ।

विभागले हरेक घण्टा अनुगमन गर्दै अपडेट प्रदान गरिरहेको जनाउँदै आकस्मिक मौसमी परिवर्तन तथा बाढीजन्य जोखिमका लागि स्थानीय तह, सञ्चारमाध्यम, सुरक्षा निकाय र नागरिकहरूलाई सर्तक रहन अनुरोध गरेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka