Premier Cables
Premier Steel

समाचार

रङ्गेली चौप्रहा सिमसार परियोजनामा लफडा, स्थानीय विरोधमा उत्रिए

नोट: यो समाचार १ वर्ष अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, असार ०३, २०८२  | राती ९:२३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

रङ्गेली । मोरङको रङ्गेली नगरपालिका गरपालिका वडा नम्बर ६, नेमाटोल चौप्रहास्थित निर्माणाधीन सिमसार परियोजनालाई स्थानीय किसानले कडा विरोध गरेका छन्।

नगरपालिकाले सिमसार निर्माणका लागि तोकिएको क्षेत्रभन्दा बाहिर ऐलानी ८४ बिगाहा जमिनमा बिना सूचना डोजर प्रयोग गरेपछि किसानहरू आक्रोशित भएका हुन्।

बिज्ञापन

स्थानीय किसानहरूले वर्षौंदेखि भोगचलन गर्दै आएको जमिनमा नगरपालिकाले जबर्जस्ती डोजर चलाएको भन्दै प्रदर्शन गरेका छन् । नगरपालिका निवासी रुपेश यादवका अनुसार दुई महिना अघि नगरपालिका र किसानबीच सहमति भए पनि त्यसलाई वेवास्ता गर्दै प्रशासनको बल प्रयोग गरी कृषि उत्पादन नष्ट गरिएको छ।

सिमसार निर्माण क्षेत्रमा ७५ किसानको जग्गा परेको र कुनै जानकारी नदिइ नगरपालिकाले निर्माण अघि बढाएको किसानहरूले आरोप लगाएका छन्। प्रदर्शनमा सहभागी दीपक यादवले नगरपालिकाको यो कदमलाई अन्यायपूर्ण भन्दै तानाशाहीविरुद्ध नारा लगाएका थिए।

यता, रङ्गेली नगरपालिकाका प्रमुख दिलीप अग्रवालले किसानहरूको माग सुन्ने र नष्ट भएको बालीको उचित मुआब्जा दिन नगरपालिका तयार रहेको बताएका छन्। तर, स्थानीय किसानहरूले पालिकाका प्रमुख आफैं घटनास्थलमा आउनुपर्ने माग राख्दै नगरपालिकामा जान अस्वीकार गरेका छन्।

स्थानीय किसानहरूको विरोधका कारण सिमसार निर्माण कार्य अहिले प्रभावित भएको छ। घटनाले समाधानका लागि दुवै पक्षबीच संवाद गर्नु पर्ने स्थानीयले माग गरेका छन् ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa