Premier Cables

साहित्य

म त देश निकाला भएं !

सुशान्त बानियाँ Calendar मंगलबार, असार ०३, २०८२  | अपराह्न १२:३३ बजे

महोदय, म त देश निकाला भएं
हो देश निकाला भए
फलानो छिमेकीको अरबबाट रेमिट्यान्स आयो रे
जेठानका छोरा क्यानाडामा पीआर भयो रे
अस्ट्रेलियामा नर्स मेरी साली उतै पोइला गइन अरे
म त आफ्नै देशमा अनागरिक भएं
हो महोदय, म त देश निकाला भएं !

डिग्री गरेर देशलाइ बोक्ने भरिया हुन्छु सोचेको थिएं
राबरको पेट भर्न मात्र देश लुकाउनु पर्छ
मैले कहाँ पढेको थिए ?
अवस्था व्यवस्था के हो ? बुझिदैन गाँठे
नेपालको लागि नेपाली मात्र भैदिए पुग्ने
पहिचान नै फेरेर देश हाप्छु बरै
म त देश निकाला भए
हो महोदय, म त देश निकाला भए !

-सुशान्त बानिया

*** समाप्त ***
Bagmati
ताजा समाचार
Hamrobiratnagar Ads
Aarya Hospital
Vianet
DPS
Web Surfer
स्टोरिजमा समाचार
Eastern College

विराटनगर

ACS
हेर्नै पर्ने भिडियो