Premier Cables
Premier Steel

विराटनगर

मिटर ब्याज पीडित फेरि त्रसित : जेल छुटेका मन्टु रौनियार हुलाक चिठीबाट दिँदैछन् धम्की !

नोट: यो समाचार १ वर्ष अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, जेठ ३०, २०८२  | अपराह्न २:३९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । मोरङका चर्चित मिटरब्याजी सञ्जयप्रसाद ‘मन्टु’ रौनियार फेरि चर्चा आएका छन्। ठगी र आपराधिक लाभको अभियोगमा मोरङ कारागारमा २०७७ माघमा थुनिएका र २०७९ जेठमा अदालतबाट सफाइ पाएर छुटेका रौनियार पुनः पुरानै तरिकाले सर्वसाधारणलाई त्रास देखाउँदै धम्कीपूर्ण पत्र पठाएको पीडितहरूले बताएका छन्।

विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा मोरङका विभिन्न पालिकाका १७ जना पीडितले जेलबाट छुटेपछि मन्टुले पुनः हुलाकमार्फत पैसा माग गर्दै धम्कीपूर्ण चिठी पठाएको आरोप लगाए। सुनवर्षी नगरपालिका(४ का अमितकुमार यादवका अनुसार उनका बुबा महावीर यादवले ६ वर्षअघि मन्टुसँग २ लाख ऋण लिएर एक बिघा बढी जग्गा राजीनामा गरेका थिए। ब्याजसहित २० लाख रुपैयाँ फिर्ता गरे पनि अझै थप २० लाख मागिएको र जग्गा नफर्काइएको गुनासो उनले गरे।

बिज्ञापन

पीडितहरूले मन्टुविरुद्ध २०७७ मा मोरङ प्रहरीमा उजुरी दिएपछि उनी पक्राउ परेका थिए। अनुसन्धान अनुसार उनले १७ जनालाई ९२ लाख ८८ हजार ऋण दिएर २ करोड ७० लाखभन्दा बढी असुली गरेका थिए। तर, फैसला हुनुअघि सहमतिअनुसार उनका श्रीमती ज्योति रौनियारमार्फत पीडितले जग्गा फिर्ता पाएपछि उजुरी फिर्ता लिएका थिए।

तर अहिले फेरि २५ लाख रुपैयाँ माग गर्दै धम्कीपूर्ण पत्र पठाएको भन्दै पीडित त्रसित छन्। विराटनगर -८ का गणेश रायका अनुसार उनका ज्वाइँले मन्टुलाई ५ लाख बुझाइसकेका थिए, तर फेरि २५ लाख तिरेपछि मात्र जग्गा फिर्ता भएको थियो। पछि मन्टुले घरभाडा नतिरेको भन्दै मुद्दा दायर गरेपछि रायका ज्वाइँले तनावका कारण जेलमै मृत्यु भएको दाबी गरिएको छ।

धनपालथान – १ का गुलजार मियाँलगायत अन्य पीडितहरूले पनि यस्तै प्रकारका चिठी आएको जनाए। उनीहरूका अनुसार मन्टुले वैदेशिक रोजगारी, शिक्षा वा घरायसी समस्यामा फसेका सर्वसाधारणलाई ऋण दिएर धेरै असुली गर्ने गरेको थियो।

तर, रौनियारले आफूमाथि लागेको सबै आरोप अस्वीकार गरेका छन्। उनले भने, “मैले धम्की दिएको होइन, जेलमा हुँदा बेचिएको जग्गाको पैसा अहिलेसम्म पाएको छैन, त्यसैले कानुनी प्रक्रिया अनुसार माग गरेको हुँ।”

तर पीडितहरू भने पुनः सङ्गठित भएर कानुनी लडाइँमा जाने बताएका छन्। प्रहरी प्रशासनले यसबारे चासो देखाएको छैन।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa