Premier Cables
Premier Steel

कोशी प्रदेश

विपद् अभ्यासका नाममा दोहोरिने दुर्घटना : के सशस्त्रलाई सप्तकाेसी नदी नफापेकाे हो ?

नोट: यो समाचार १ वर्ष अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, जेठ २८, २०८२  | साँझ ५:४८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । विपद् व्यवस्थापनमा ‘सक्रिय’ भनिएको सशस्त्र प्रहरी बल नेपाललाई सप्तकोसी नदीले फेरि एक पटक महँगो मूल्य चुकाउन बाध्य बनाएको छ।

बाढी र पहिरो जस्ता विपद्‌मा उद्धार गर्न नियमित रूपमा अभ्यास गर्दै आएका सशस्त्रका दुई गोताखोर जवान सुरज साउद र हरदेव राजवंशी गत बिहीबार अभ्यासकै क्रममा सप्तकोसी नदीमा डुबेर बेपत्ता भए।

बिज्ञापन

शुक्रबार बिहान ८ बजे राजवंशीको शव फेला पर्‍यो भने त्यसपछि साउदको पनि शव निकालियो। यी दुईको मृत्युले न केवल सशस्त्र प्रहरीको जोखिमपूर्ण अभ्यास पद्धतिलाई लिएर प्रश्न उठाएको छ, बरु सप्तकोसी नदीमा अभ्यास गर्न उपयुक्त वातावरण छ कि छैन भन्ने बहससमेत चर्किएको छ।

यो घटना कुनै एकपटकको दुर्भाग्य मात्र होइन। अघिल्लो वर्ष पनि यस्तै अभ्यासका क्रममा पत्रकारको टोली सप्तकोसीमा डुबेको थियो। अभ्यासका क्रममा अधिक मान्छे राखिएकाले डुंगा अनियन्त्रित भई नदीमा पल्टिएको थियो। रेडियो नेपालका पत्रकार कुमोद अधिकारी गम्भीर घाइते भए, उपचार पछि मात्रै होसमा फर्किएका थिए। तर, उक्त घटनामा सशस्त्र प्रहरी वा प्रदेश सरकारले कुनै राहत वा क्षतिपूर्तिको पहल गरेनन्।

यस पटकको दुर्घटना मधेस प्रदेश सरकार अन्तर्गत गृह, कानुन तथा सञ्चार मन्त्रालयको आयोजनामा तय गरिएको “मनसुन विपद् प्रतिकार्य सिमुलेशन” अभ्यासको पूर्वतयारी अन्तर्गत भएको थियो । उक्त अभ्यासमा सशस्त्र प्रहरी बलका विभिन्न गण र तालिम केन्द्रबाट खटिएको संयुक्त टोली सहभागी थियो। तर, सप्तकोसीको गहिरो बहाव र अनियमित जलधाराले फेरि दुई ज्यान लिएको छ।

सशस्त्र प्रहरीले ज्यान गुमाएका जवानका परिवारलाई नियमानुसारको सुविधा दिने बताएको छ। तर, यस्तो दुःखद दोहोरो दुर्घटनाले अभ्यासको योजना, पूर्वतयारी र जोखिम मूल्याङ्कनमा कमजोरी देखाएको प्रष्ट छ। अब, सर्वसाधारण मात्र होइन, सुरक्षा विश्लेषकहरू समेत प्रश्न गरिरहेका छन् — के सप्तकोसी अभ्यासको लागि उपयुक्त स्थल हो ?

यदि पूर्वतयारी र जोखिम मूल्याङ्कन उचित ढंगले नभए, अभ्यासले नै ज्यान लिन सक्छ भन्ने चेतावनी यी घटनाले दिएको छ। अभ्यास गर्नुअघि स्थानीय भूगोल, जलवायु र जलबहावको वैज्ञानिक मूल्याङ्कन अनिवार्य गरिनुपर्ने देखिएको छ।

सशस्त्र प्रहरी बलले भविष्यमा यस्ता अभ्यास अझ सुरक्षित, व्यावसायिक र पारदर्शी बनाउने योजना ल्याउन आवश्यक छ, नत्र सप्तकोसी दुर्घटनाको पर्याय बन्दै जाने खतरा देखिन्छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa