Premier Cables
Premier Steel

कोशी प्रदेश

झापामा मोटरसाइकल दुर्घटना हुदाँ एपीएफका सईको मृत्यु

नोट: यो समाचार ३ महिना अघिको हो

Calendar आइतबार, जेठ २५, २०८२  | बिहान ११:३३ बजे

झापा । पूर्व-पश्चिम राजमार्गस्थित झापाको कमल गाउँपालिका–३ सानो केर्खामा मोटरसाइकल दुर्घटनामा परी सशस्त्र प्रहरी नायब निरीक्षक (सई) को मृत्यु भएको छ ।

प्र.१–०२–००५२प. ७०२९ नम्बरको मोटरसाइकल शनिबार राति ८ बजे अनियन्त्रित भई दुर्घटना हुँदा पुरनलाल राजवंशीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

बिज्ञापन

सई राजवंशी इलामस्थित सशस्त्र प्रहरी बलको बीओपी समालबुङ पोस्टमा कार्यरत थिए ।

मोटरसाइकलमा सवार मोरङको कानेपोखरी गाउँपालिका–४ निवासी ४८ वर्षीय पुरनलाल राजवंशी सख्त घाइते छन् ।

घर बिदा सकेर ड्युटी फर्किँदै गर्दा दुर्घटनामा परेका राजवंशीलाई उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल पुर्‍याइएको थियो । तर, राति ९ बजे अस्पताल पुर्‍याउनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

दुर्घटनापछि मृतकको शव अस्पतालमै राखिएको छ भने दुर्घटनामा संलग्न मोटरसाइकल प्रहरी चौकी केर्खाले नियन्त्रणमा लिएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Rathi Cable
Bagmati homepage
Hamrobiratnagar
Pigeon Advertising
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka