Premier Cables
Premier Steel

अपराध

२ किलो ३४८ ग्राम सुनसहित विमानस्थलबाट दुई चिनियाँ महिला पक्राउ

Hamro Biratnagar News Channel Calendar बुधबार, मंसिर ०९, २०८३  | बिहान १०:५३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २ किलो ३४८ ग्राम सुनजस्तो देखिने पदार्थसहित दुई चिनियाँ महिला पक्राउ परेका छन्।

हङकङबाट क्याथे प्यासिफिकको विमानमार्फत काठमाडौं आएका उनीहरूलाई मंगलबार राति विमानस्थलबाट पक्राउ गरिएको हो।

विज्ञापन

विमानस्थल सुरक्षा कार्यालयका सहप्रवक्ता प्रहरी उपरीक्षक ढुण्डीराज नेउपानेका अनुसार दुवै महिलाले मलद्वार र भित्री वस्त्रमा लुकाएर सुनजस्तो देखिने पदार्थ ल्याएका थिए।

पक्राउ परेका महिलाबाट बरामद भएको उक्त पदार्थको परीक्षण भइरहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धानसमेत अघि बढाइएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka