Premier Cables
Premier Steel

राजनीति

ओलीको भनाइ: एमालेमा भवितव्यले कोही शीर्ष नेतृत्वमा पुग्दैन

Hamro Biratnagar News Channel Calendar बिहिबार, मंसिर ०३, २०८३  | अपराह्न १२:३० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको शीर्ष नेतृत्वमा पुग्न वैचारिक स्पष्टता, सांगठनिक अनुभव र योगदान आवश्यक हुने बताएका छन् ।

काठमाडौंमा जारी एमालेको राष्ट्रिय भेलालाई बिहीबार सम्बोधन गर्दै ओलीले संयोग वा कसैसँगको अस्थायी समीकरणका आधारमा पार्टीको पदाधिकारी बन्न नसकिने स्पष्ट पारेका हुन् ।

विज्ञापन

उनले एमालेमा अध्यक्ष, उपाध्यक्ष, वरिष्ठ नेता, महासचिव, उपमहासचिव र सचिवजस्ता पदमा पुग्न निश्चित योग्यता र क्षमता हुनुपर्ने बताए ।

‘हाम्रो पार्टीमा भवितव्यले कोही पनि शीर्ष स्थानमा पुग्दैन । नेतृत्वमा वैचारिक स्पष्टता, सांगठनिक अनुभव, इतिहास र योगदान सबै कुराको मूल्यांकन हुन्छ,’ ओलीले भने ।

अध्यक्ष ओलीले युवाहरू र महिलालाई पार्टीमा प्राथमिकताका साथ अघि बढाउनुपर्ने पक्षमा आफूहरू रहेको पनि बताए । तर, उमेरकै आधारमा कसैलाई नेतृत्वमा पुर्‍याउन नसकिने उनको भनाइ थियो ।

युवा भएकै कारण केन्द्रीय कमिटी, स्थायी कमिटी वा सचिवालयमा स्थान खोज्ने प्रवृत्ति स्वीकार्य नहुने उनले बताए । छोराछोरीको उमेर पुगेकै आधारमा नेतृत्वमा स्थान दिनुपर्ने माग पार्टीमा लागू नहुने उनको टिप्पणी थियो ।

ओलीले पार्टीमा जिम्मेवारी पाउनुअघि संगठन निर्माण, कामको अनुभव, वैचारिक अध्ययन र राजनीतिक आन्दोलनमा सक्रिय सहभागिता आवश्यक रहेको बताए ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka