Premier Cables
Premier Steel

विराटनगर

विराटनगरमा आजदेखि २ बजेसम्म होटल खोल्न पाइने तर प्रशासनमा अनिवार्य निवेदन दिनुपर्ने

Hamro Biratnagar News Channel Calendar मंगलबार, मंसिर ०१, २०८३  | अपराह्न २:३१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । विराटनगरमा राति २ बजेसम्म रात्रिकालीन व्यवसाय सञ्चालन गर्न चाहने होटल तथा मनोरञ्जन व्यवसायीले जिल्ला प्रशासन कार्यालयबाट अनिवार्य अनुमति लिनुपर्ने भएको छ। प्रशासनले रात्रिकालीन व्यवसाय सञ्चालनका लागि निवेदन आह्वान गर्दै अनुमति र निर्धारित मापदण्डबिना राति २ बजेसम्म व्यवसाय सञ्चालन गर्न नपाइने स्पष्ट पारेको छ।

सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाका अनुसार राति २ बजेसम्म व्यवसाय सञ्चालन गर्न चाहने होटल, गजल, गीत–संगीत तथा लन्चबार सञ्चालकले जिल्ला प्रशासन कार्यालयमा निवेदन दिनुपर्नेछ।

विज्ञापन

प्रशासनमा परेको निवेदनमाथि सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको टोलीले स्थलगत अनुगमन गर्नेछ। अनुगमनका क्रममा निर्धारित मापदण्ड पूरा गरेको पाइएमा मात्रै व्यवसाय सञ्चालनको अनुमति दिइने कोइरालाले बताए।

उनका अनुसार राति १० बजेसम्म व्यवसाय सञ्चालन गर्न छुट्टै अनुमति लिनुपर्ने छैन। तर, राति १२ बजेदेखि २ बजेसम्म सञ्चालन गर्न भने प्रशासनको स्वीकृति अनिवार्य हुनेछ।

मापदण्ड पूरा नगरेका व्यवसायले राति २ बजेसम्म सञ्चालनको अनुमति पाउने छैनन्। प्रशासनका अनुसार हालसम्म राति २ बजेसम्म व्यवसाय सञ्चालनका लागि कुनै पनि निवेदन परेको छैन।

यसअघि मङ्सिर १ गतेदेखि विराटनगरमा सबै प्रकारका होटल तथा व्यवसाय राति २ बजेसम्म सञ्चालन गर्न पाइने चर्चा भए पनि प्रशासनले त्यस्तो व्यवस्था स्वतः लागू नहुने स्पष्ट पारेको छ। अनुमति प्राप्त र मापदण्ड पूरा गरेका व्यवसायले मात्रै तोकिएको समयसम्म सञ्चालन गर्न पाउनेछन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka