Premier Cables
Premier Steel

विराटनगर

मोरङ जिल्ला सभापतिमा खगेन्द्र थापा (खेम) को उम्मेदवारी घोषणा

Hamro Biratnagar News Channel Calendar सोमबार, कार्तिक ३०, २०८३  | साँझ ४:४५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर। नेपाली कांग्रेस देउवा समूहबाट खगेन्द्र थापा (खेम) ले मोरङ जिल्ला सभापतिमा उम्मेदवारी दिने भएका छन्। विद्यार्थी राजनीतिबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका थापा नेपाल तरुण दलको कार्यवाहक सभापतिको जिम्मेवारीसमेत सम्हाल्दै पार्टी संगठनलाई चलायमान बनाउन सक्रिय रहँदै आएका छन्।

नेपाली कांग्रेसभित्र युवा नेताका रूपमा आफ्नो पहिचान बनाएका थापा संगठन निर्माणसँगै सामाजिक सेवाका क्षेत्रमा पनि उत्तिकै सक्रिय छन्। कोरोना महामारीको कठिन समयमा होस् वा अन्य परिस्थितिमा, दुःखी, विपन्न तथा असहाय नागरिकलाई सहयोग गर्न उनी सधैँ अग्रसर रहँदै आएका छन्।

विज्ञापन

आफ्नो उम्मेदवारीलाई परिवर्तन र पुस्तान्तरणको अभियानका रूपमा व्याख्या गर्दै थापाले पार्टीमा नयाँ युवालाई जोड्ने मात्र नभई उनीहरूको भावना, विचार र आकांक्षाअनुसार संगठनलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

उनले जातजाति, धर्म, समुदाय, वर्ग र लिङ्गको विविधतालाई सम्मान गर्दै सबैको प्रतिनिधित्व र सहभागिता सुनिश्चित हुने समावेशी कांग्रेस निर्माण गर्ने आफ्नो लक्ष्य रहेको बताएका छन्। उनी १४ ओै महाअधिवेशनमा महाधिवेशन प्रतिनिधि थिए ।

“नेपाली कांग्रेसमा नयाँ युवालाई जोड्ने मात्र होइन, उनीहरूको भावना र आकांक्षाअनुसार काम गर्नेछु। सबै जातजाति, धर्म, समुदाय, वर्ग र लिङ्गलाई समेटेर पार्टीलाई अघि बढाउने मेरो लक्ष्य हो। मेरो उम्मेदवारी परिवर्तनका लागि हो,” थापाले भने।

युवा नेतृत्व, संगठनात्मक अनुभव र सामाजिक सक्रियतालाई आफ्नो राजनीतिक आधार बनाएका थापा मोरङ जिल्ला सभापतिका बलिया दाबेदारका रूपमा देखिएका छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka